Logo
  • शनिवार, कार्तिक १५ २०८३Oct 31 2026

  • images
    images

    खोटाङमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

    खोटाङमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु


    • शुक्रवार, कार्तिक १४ २०८३

    • नेपाल वाइड


    खोटाङमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु
    नेपाली कम्युनिष्ट पार्टी खोटाङद्धारा आयोजित पत्रकार सम्मेलन ।

    खोटाङ, १३ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय जागरण अभियानअन्तर्गत खोटाङमा सङ्गठन निर्माण, अधिवेशन र आगामी निर्वाचनको तयारीका कार्यक्रम सुरु गरेको छ ।

    दिक्तेलस्थित पार्टी कार्यालयमा कात्तिक १२ गते जिल्ला संयोजक दीपक पाण्डे (आकाश) को अध्यक्षता तथा केन्द्रीय अनुशासन आयोगका संयोजक टंक राईको प्रमुख आतिथ्यतामा बसेको बैठकले कार्ययोजना तय गरेको हो ।

    अभियानको सुरुवातसँगै कात्तिक १३ गते प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई राष्ट्रियता, जनजीविका, सुशासन र पारदर्शिताका विषयमा ज्ञापनपत्र बुझाइएको छ ।

    भोटेकोशी बाढीपीडितका लागि सङ्कलित ९४ हजार ७६८ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा कार्यक्षेत्र विभाजन गरिएको छ ।

    पालिका तथा वडा बैठक, देउसीभैलो, खेलकुद, सांस्कृतिक कार्यक्रम, सरसफाइ, प्रशिक्षण र प्रत्येक पालिकामा कम्तीमा एक जनश्रमदान हुनेछ । ग्रामीण विकास अवधारणा तयार गर्न रामकुमार राई (पासाङ) को संयोजकत्वमा समिति गठन गरिएको छ ।

    समितिमा कमल ढकाल, रामबहादुर राई र कविकुमार राई सदस्य रहेका छन् । अभियानको अन्त्यमा निर्वाचन क्षेत्रस्तरीय समीक्षा गरी समापन गरिने संयोजक पाण्डेले बताए ।

    सम्बन्धित समाचार