Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • हाम्रो बारेमा

    हाम्रो बारेमा


    www.nepalwide.com पिस नेपाल मल्टीपर्पोज प्रालिद्धारा प्रकाशित न्यूज पोर्टल हो । ग्रामिण क्षेत्रमा पनि व्यवसायिक पत्रकारिताको अभ्यास गर्ने प्रयास स्वरुप २०७७ सालदेखि यो अनलाइन सुरु गरिएको हो । सुविधा सम्पन्न ठाउँबाट नभै खोटाङबाट राष्ट्रिय स्तरको अनलाइन मिडिया स्थापित गर्ने हाम्रो प्रयास हो ।

    व्यवसायिक अभ्यासका दौरान पत्रकारिताका सिद्धान्त, मर्म र प्रचलित मान्यतालाई अवलम्बन गर्नु हाम्रो एक मात्र मूलमन्त्र हुनेछ । पत्रकारिताका क्षेत्रमा देखिएका विसंगती, आरोप र आक्षेपबाट टाढा रहने हाम्रो जमर्को हुनेछ । सत्य तथ्य र भेरीफाइड सूचना प्रवाहमा ‘अरुभन्दा एक कदम अघि’ भन्ने नारालाई सँधै अवलम्बन गर्ने प्रतिवद्धता गर्दछौँ ।