Logo
  • सोमवार, कार्तिक १७ २०८३Nov 02 2026

  • images
    images
    विदेश

    पाकिस्तानमा भएको विस्फोटमा पाँचको मृत्यु

    पाकिस्तानमा भएको विस्फोटमा पाँचको मृत्यु


    • शनिवार, फाल्गुण २२ २०७७

    • नेपाल वाइड


    पाकिस्तानमा भएको विस्फोटमा पाँचको मृत्यु
    तस्वीर : टाइम्स अफ इन्डिया

    काठमाडौँ ।  पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् । त्यस विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन् ।

    उनीहरु यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो । सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो । उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका डेपुटी कमिशनर यासिर खानले जानकारी दिएका छन् । एजेन्सी 

    सम्बन्धित समाचार