बुधवार, फाल्गुण १९ २०७७
नेपाल वाइड
खोटाङ । फागुन १९, बैदेसिक रोजगारलाई सुरक्षित बनाउने लक्ष्यका साथ खोटाङमा सुरक्षित आप्रवासन परियोजना (सामी)ले प्रहरीसँग अन्तरक्रीया गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा बाल सेवा समाज नेपालद्धारा सञ्चालित परियोजनाले वैदेसिक रोजगारीकाक्रममा हुने बिकृति र विसंगती न्यूनीकरण गर्ने उपायको खोजीमा ६ पालिकाका प्रहरीसँग अन्तरक्रीया गरेको हो ।
बैदेसिक रोजगारीकाक्रममा भइरहेका ठगी लगायतका समस्या समाधानकाक्रममा प्रहरीले खेल्न सक्ने भूमीकाका विषयमा अन्तरक्रीया गरिएको सामीले जनाएको छ । बैदेशिक रोजगारको सिलसिलामा भइरहेको ठगी लगायतको समस्या सहजीकरणमा प्रहरीको भुमिका बिषयक अन्तरक्रियामा आगामी दिनमा प्रहरीले समुदाय स्तरमा सञ्चालन गर्ने कार्यक्रममा बैदेसिक रोजगारीकाक्रममा हुन सक्ने समस्याको विषयवस्तुलाई समेत समावेश गर्ने निष्कर्ष निकालिएको छ ।

प्रहरीसँगको सहकार्यमा सञ्चालन हुने सचेतनामुलक कार्यक्रमले बैदेसिक रोजगारीका क्रममा हुन सक्ने ठगी न्युनिकरणमा सहयोग पुग्ने दावी गरिएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकाका ईलाका प्रहरी कार्यालय र प्रहरीचौकीका ईन्चार्ज एवं जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागीता रहेको थियो ।
प्रहरीले आगामी दिनमा बैदेसिक रोजगार सम्बन्धि समस्यालाई सहजीकरण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा परियोजनाले जिल्लामा गरिरहेका गतिविधि, गत आर्थिक वर्षदेखि हालसम्ममा आप्रवासी स्रोतकेन्द्रमा दर्ता भएका ठगी, उद्धार, आर्थिक सहयता, बेपत्ता लगायतका विषयमा छलफल गरिएको परियोजनाले जनाएको छ । अन्तरक्रिया बाल सेवा समाज नेपालका अध्यक्ष चन्द्रकला भुजेलको अध्यक्षता एबं नगरप्रमुख दिपनारायण रिजालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।
