Logo
  • शनिवार, कार्तिक १५ २०८३Oct 31 2026

  • images
    images

    डिकुवाका स्थानीयलाई वौद्ध महायान केन्द्रको खाद्यान्न वितरण

    डिकुवाका स्थानीयलाई वौद्ध महायान केन्द्रको खाद्यान्न वितरण


    • बिहिवार, पौष २ २०७७

    • नेपाल वाइड


    डिकुवाका स्थानीयलाई वौद्ध महायान केन्द्रको खाद्यान्न वितरण
    खाद्यान्न हस्तान्तरण गर्दै गुम्बा विकास समितिका अध्यक्ष जिकडोल लामा, मेयर इवन राई र उपमेयर बिमला राईलगायत

           खोटाङ । पुस २, नेपाल वौद्ध महायान केन्द्र गोन्पाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीयलाई खाद्यान्न वितरण गरेको छ । कोभिड–१९ को महामारीमा परेका स्थानीयलाई लक्ष्यीत गर्दै नेपाल वौद्ध महायान केन्द्रले डिकुवाका ४३० परिवारलाई चामल, तेल र नुन प्रदान गरेको हो ।

         केन्द्रले बिहिबार डिकुवामै पुगेर प्रतिपरिवार ३० केजी एप्पल चामल, दुई पोका तेल र एक पोका आयोडिन नुन वितरण गरेको छ । खाद्यान्न गुम्बा विकास समितिका अध्यक्ष जिकडोल लामा, मेयर इवन राई र उपमेयर बिमला राईले स्थानीयलाई चामल, नुन र तेल हस्तान्तरण गरेका थिए ।

    nepal boudha mahayan helps food at dikuwa photo_khotang.jpg

        खाद्यान्न हस्तान्तरण गर्दै गुम्बा विकास समितिका अध्यक्ष जिकडोल लामा, मेयर इवन राई र उपमेयर बिमला राईलगायत

    कपन गुम्बाका प्रमुख जोपा लामाको सहयोगमा नेपाल वौद्ध महायान केन्द्र गोन्पाले स्थानीयलाई खाद्यान्न वितरण गरेको जनाइएको छ । प्राप्त भएको खाद्यान्न कर्मचारी र जनप्रतिनिधि भएका घर बाहेक अन्य परिवारलाई मात्र वितरण गरिएको हो । नेपाल वौद्ध महायान केन्द्रले शुक्रबार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ५७० घर परिवारलाई खाद्यान्न वितरण गर्ने मेयर राईले बताए ।

     

    सम्बन्धित समाचार