Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नगरमा पस्यो अख्तियार, यस्तो छ कारण

    नगरमा पस्यो अख्तियार, यस्तो छ कारण


    • मंगलवार, माघ २ २०८०

    • नेपाल वाइड


    नगरमा पस्यो अख्तियार, यस्तो छ कारण
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ, २ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट उजुरीसँग सम्वन्धीत कागजात नियन्त्रणमा लिएको छ ।

    अख्तियारको टोलीले मंगलबार साँझ नगरपालिकाबाट उजुरीसँग सम्वन्धित कागजात नियन्त्रणमा लिएको हो । नगरपालिकामा सञ्चालित केही योजना तथा कार्यक्रम बिरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

    सोही उजुरीसँग सम्वन्धित कागजातहरु नगरपालिकाबाट लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका सूचना अधिकारी प्रहरी निरिक्षक कृष्ण खत्रीले बताए ।

    यद्यपी, अख्तियारले ‘कुन–कुन योजना तथा कार्यक्रमविरुद्ध उजुरी परेको’ भन्ने खुलाएको छैन । अख्तियारले बुधबार दिक्तेलमा स्थानीय तह स्तरिय सचेतनामुलक कार्यक्रम गर्दैछ । सोही कार्यक्रमका लागि दिक्तेल पुगेकोबेला अख्तियारको टोलीले नगरपालिकाबाट उजुरीसँग सम्वन्धित कागजात लिएको हो ।

    ‘उजुरीसँग सम्वन्धित डकुमेन्टहरु, प्रमाणित प्रतिलीपीहरु नगरपालिकाबाट अनुसन्धानका लागि लिएर आएको हो । १५ दिनको पत्र काटेका हुन्छौं स्थानीय तहलाई अनुसन्धानका लागि यो डकुमेन्टहरु पठाइदिन हुन भनेर । अनि त्यो डकुमेन्टहरु अलि ढिलो पठाउँछन् स्थानीय तहहरुले,’ सूचना अधिकारी खत्रीले भने, ‘अनि हामीलाई अलि चाँडै चाहिएकोबेला त्यहाँ दिक्तेलमा पालिका स्तरिय सचेतना कार्यक्रम पनि छ । त्यो सचेतना कार्यक्रम पनि गर्ने अनि त्यो डकुमेन्टहरु पनि लिएर आउने भन्ने हिसावले गएर लिएर आएको हो ।’

    नगरपालिकाबाट अख्तियारको टोलीले कागजात लगेपछि मेयर तीर्थराज भट्टराईले ‘अख्तियारलाई आफैले बोलाएको’ प्रतिक्रिया दिएका छन् । ‘हामीले बोलाएर अख्तियार आएको हो साथीहरूले किन हाउगुजी गर्नुभएको ?,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोलि नगरमा अख्तियारसँग अन्तरक्रिया छ, सरोकारवाला सबैलाई हार्दिक निम्तो छ ।’

    सम्बन्धित समाचार