Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    प्रअमाथि १५ आरोप

    पाँच विषयको न पढाई न परीक्षा !

    पाँच विषयको न पढाई न परीक्षा !


    • मंगलवार, माघ २ २०८०

    • नेपाल वाइड


    पाँच विषयको न पढाई न परीक्षा !
    दोर्पाचिउरीडाँडाको बुवासुङस्थित शितला आधारभुत विद्यालय । तस्बीरहरुः दमन राई

    खोटाङ, २ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको बुवासुङस्थित शितला आधारभुत विद्यालयमा कक्षा १ को गणित तथा कक्षा १, कक्षा ६, ७ र ८ को स्थानीय विषय पठन–पाठन हुन सकेको छैन ।

    शिक्षक अभावमा शितला आधारभुत विद्यालयको कक्षा १ को गणित तथा कक्षा १, कक्षा ६, ७ र ८ को स्थानीय विषय पठन–पाठन हुन नसकेको हो । सामाजिक करारमा कार्यरत शिक्षिका कुसुम श्रेष्ठ प्रावि स्थायीमा नाम निकालेर गत चैत २४ गते अन्यत्र गएपछि कक्षा १ को गणित तथा नगरपालिकाले तयार पारेको स्थानीय विषय दिरुमनपा ज्ञानमालाको पठन–पाठन हुन नसकेको हो ।

    पठन–पाठन नभएकै कारण ती विषयको दोश्रो त्रैमासिक परिक्षा नै गराइएन । कक्षा १ को गणित विषयको परीक्षा गत पुस १७ गते तोकिएको थियो । त्यसदिन विद्यालय पुग्दा कक्षा १ का विद्यार्थी परीक्षा नदिइ घर फर्किरहेका थिए ।

    ‘आफ्नो रुटिन’मा नपरे पनि शिक्षक श्यामकुमार फुयाँलले कक्षा १ का विद्यार्थीलाई कहिलेकहीँ गणित पढाउने गरेको बताए । तर कक्षा १, कक्षा ६, ७ र ८ को स्थानीय विषयको पठन–पाठन भने हालसम्म हुन सकेको छैन । विद्यालयको प्रशासन कक्षामा टाँसिएको रुटिनमै ती विषय खाली राखिएको छ ।

    2.jpg

    नगरपालिकाले स्थानीय विषयको कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यापुस्तक २०७८ फागुन १४ गते लोकार्पण गरेको थियो । सामाजिक करारको रिक्त स्थानमा नयाँ शिक्षक नियुक्ती गर्न नसक्दा पाँच विषयको पठन–पाठन प्रभावित भएको शिक्षक दिलीपचन्द्र राई बताउँछन् ।

    शिक्षक अभावमा विद्यालयको पठन–पाठन जर्जर बनिरहँदा समस्या हल गर्नमा वडा कार्यालयदेखि नगरपालिकाको ध्यान जान नसकेको अभिभावकको गुनासो छ । कतिसम्म भने सो विद्यालयमा गत असारमा हुनुपर्ने पहिलो त्रैमासिक परीक्षा समेत सञ्चालन गरिएन ।

    विद्यालयकी प्रअ रामकुमारी राई भने वडा कार्यालयले सिफारिस नदिएका कारण रिक्त दरबन्दीमा करार शिक्षक नियुक्ती गर्न नसकिएको बताउँछिन् । वडा कार्यालयलाई जानकारी नदिइ गठन गरिएको विद्यालय व्यवस्थापन समितिले शिक्षक नियुक्तीका लागि सिफारिस मागेका कारण सिफारिस नदिएको वडाध्यक्ष लिलाकुमार चौहानले बताए ।

    शितला आधारभुत विद्यालयमा हाल पाँच जना शिक्षक/शिक्षिका कार्यरत छन् । जनशक्ती अभावमा पाँच शिक्षक÷शिक्षिकाले नौदेखि दश पिरियड कक्षा लिन वाध्य छन् । सो विद्यालयमा कक्षा १ मा ४ जना, कक्षा २ मा ३ जना, कक्षा ३ मा ४ जना, कक्षा ४ मा ३ जना, कक्षा ५ मा ५ जना, कक्षा ६ मा ६ जना, कक्षा ७ मा १ जना कक्षा ८ मा ३ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ८ मा ६ जना भर्ना भएकामा ४ जना अन्यत्र गएका छन् । कक्षा ७ का २ जना विद्यार्थीमध्ये एक जना मात्र नियमित आउने गरेको प्रअ राई बताउँछिन् । कक्षा १ मा अटिजमको समस्या भएका अर्जुन बिक चार/पाँच वर्षदेखि बसिरहेकाछन् ।

    तत्कालित प्रअ भीमकुमार राई रिटायर्ड भएपछि गत चैतदेखि रामकुमारी प्रअ बनेकी हुन् । हालसम्म विद्यालयको बरबुझारथ भएको छैन । विद्यालयसँग आफ्नै जग्गाको लालपुर्जा समेत छैन ।

    प्रअमाथि १५ आरोप

    विद्यालय प्रशासन चुस्तदुरुस्त नभएको भन्दै शितला आधारभुत विद्यालयका अभिभावक दिपेन्द्रकुमार राई, जीतबिर राई र शिक्षक दिलिपचन्द्रले गत कात्तिक २९ गते प्रअ राई बिरुद्ध नगरपालिकामा निवेदन दिएका थिए । तर १५ बुँदे निवेदनका विषयमा नगरपालिकाले हालसम्म केही कारबाही अघि बढाउन नसकेको शिक्षक दिलिपचन्द्र बताउँछन् ।

    निवेदनमा ६ महिनादेखि स्टाफ मिटिङ नराखेको, शैक्षिक–सत्रको ६ महिना बित्दा समेत प्रथम त्रैमासिक परीक्षा नगरिएको, लगातार १५ दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित हुँदा पनि प्रअले अन्य शिक्षकलाई विद्यालयको दैनिक कामकाजको लिखित वा मौखिक जिम्मेवारी नदिएको, विद्यालयका प्रअ तथा शिक्षक विद्यालयमा समयमा उपस्थित नहुने तर हाजिर भने १० बजेकै गर्ने गरेको तथा चार बज्नुअघि विद्यालय छाडे पनि हाजिर भने चार बजेकै गर्नुपर्ने कारण वारे छानविन हुनुपर्ने माग गरिएको छ ।

    3.jpg

    यस्तै, ६ महिनादेखि रिक्त दरबन्दीमा शिक्षक नियुक्ती गर्न पहल नगरेको, नगरपालिकाको शैक्षिक कार्यपात्रो अनुसार विद्यालयको दैनिक क्रियाकलाप नभएको, विगतका वर्षहरुको सार्वजनिक लेखा परीक्षण नगरी अन्तिम लेखा परिक्षण गर्नुपर्ने कारण एबं गत आर्थिक वर्षको सालेप तथा लेखा परीक्षण गरिएको, अनिवार्य अवकाश भएका निवर्तमान प्रअ भिमकुमारलाई दिएको बरबुझारथ–पत्र साथै विद्यालयलाई बुझाएको नगद तथा जिन्सीको हरहिसाब सार्वजनिक नगर्नुको कारण वारे छानविन गर्न भनिएको छ ।

    उजुरीमा शिक्षा ऐन तथा नियमावली विपरित विदा लिएको तर विदा कट्टा नगरिएको, शिक्षकहरुको हाजिरीमा अनियमितता भएको, किरिया विदामा बसेका कर्मचारीलाई पनि विदा नजनाई हाजिर गर्न लगाएको, अनुपस्थित विद्यार्थीको किर्ते हाजिरी गरिएको, विद्यालयमा अनुपस्थित शिक्षक तथा कार्यालय सहयोगीको किर्ते हाजिर गरेको, वडा अध्यक्षसँगको मिलेमतोमा किर्ते हाजिरी प्रमाणित गराइएको दावी गरिएको छ ।

    सम्बन्धित समाचार