शनिवार, मंसिर ३० २०८०
नेपाल वाइड
खोटाङ, ३० मंसिर । अनेरास्वबियु खोटाङको अध्यक्षमा बिष्णु उपरकोटी निर्वाचित भएका छन् । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कको त्रिभुवन माबिमा मंसिर २९ गते सम्पन्न अनेरास्वबियुको २४ औं जिल्ला सम्मेलनबाट उपरकोटी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अखिलको ३९ सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा शुरेस प्रधान, शुसिला तिमिल्सिना, सचिवमा अभिषेक घिमिरे, सह–सचिवमा ईश्वर आचार्य, प्रकाश पौडेल, बिक्रम क्षेत्री, उर्मिला राई र कोषाध्यक्षमा राम्बोहाङ राई निर्वाचित भएका छन् ।
‘विद्यार्थी हितमा केन्द्रित सुढृड संगठन, नयाँ शिराबाट शैक्षिक आन्दोलन’ नारासहित अनेरास्वबियुका केन्द्रीय अध्यक्ष समिक बडाल, महासचिव नरेस रोकाय लगायतको उपस्थितिमा अधिबेस सम्पन्न भएको हो ।