Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    गठबन्धन सरकारले जनतामा राष्ट्रियताको भाव जगाउन सकेनः ओली

    गठबन्धन सरकारले जनतामा राष्ट्रियताको भाव जगाउन सकेनः ओली


    • मंगलवार, मंसिर २६ २०८०

    • नेपाल वाइड


    गठबन्धन सरकारले जनतामा राष्ट्रियताको भाव जगाउन सकेनः ओली
    ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली । तस्बीरः दमन राई

    खोटाङ, २६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान गठबन्धन सरकार देशभक्तीको भावनालाई कमजोर पार्ने बाटोमा लागेको आरोप लगाएका छन् । नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तरगत ओखलढुंगाको हर्कपुरमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले जनतामा राष्ट्रियताको भाव जगाउने र राष्ट्रिय एकताप्रति ढृड बनाउने काम गर्न नसकेको टिप्पणी गरेका छन् । “पुर्वाधार निर्माण ठप्प छ, विकास कार्य ठप्प छ । जनतालाई मोटीभेट गर्ने, राष्ट्रियताको भाव जगाउने, राष्ट्रियताप्रति ढृड बनाउने कार्यहरु भएको छैन,” अध्यक्ष ओलीले भने, “सरकार निरासा फैलाउने काम गर्छ, देशभक्तीको भावनालाई कमजोर पार्ने काम गर्छ, राष्ट्रिय एकताको भावलाई कमजोर पार्ने काम गर्छ, अहिलेको गठबन्धन सरकार साम्प्रदायीकताको जगमा उठेका कारण भित्रभित्र साम्प्रदायिकतालाई बढावा दिएर चलिरहेको अवस्था छ ।”

    पुर्वप्रधानमन्त्री रहेका अध्यक्ष ओलीले देश बनाउनका लागि बलियो राष्ट्रिय एकता र समक्षदारीको आवश्यकता औंल्याएका छन् । अहिले देश अप्ठ्यारोमा परेको उल्लेख गर्दै ओलीले एकतावद्ध भए मात्र देशलाई अप्ठ्यारोबाट निकाल्न सकिने धारणा राखेका छन् ।

    “यतिखेर देश अप्ठ्यारोमा परेको छ । अप्ठ्यारोमा परेको देशलाई अप्ठ्यारोबाट निकाल्ने काम तपाई हामीले गर्नुपर्छ,” ओलीले भने, “हामी एकजुट भएर अगाढि बढौं । समस्या समाधान गर्न सकिन्छ । हामी विकास गर्न सक्छौँ । समृद्ध नेपाल बनाउन सक्छौँ, सुखी नेपाली बनाउन सक्छौँ ।”

    hhh.jpg
    समृद्धिका लागि संकल्प यात्रा अन्तरगत ओखलढुंगाको हर्कपुरमा एमालेले आयोजना गरेको सभा । 

    ओलीले राजनीतिक मतभेदलाई वैधानिक र कानूनी प्रकृयाबाट समाधन गर्न सकिने धारणा राखेका छन् । प्रदेशको नामाकरणको विषयलाई लक्षित गर्दै ओलीले छलफलबाट औचित्यको आधारमा समस्याको समाधान खोज्न सकिने बताएका छन् । “जनताकाबीचमा फाटो ल्याउने होईन, जनताको बीचमा राष्ट्रिय एकता बनाउनुपर्छ । एकतावद्ध भएर अगाढि बढ्नुपर्छ,” उनले भने, “राजनीतिक विचारमा मतभेद हुन सक्दछ, तर त्यी मतभेदको समाधान बैधानिक प्रकृयाबाट, कानुनी प्रकृयाबाट, शान्तिपूर्ण बाटोबाट, आवेश उत्तेजनामा होईन, सँगै बसेर छलफलबाट समाधान खोज्नुपर्छ । हामी एकतावद्ध भएर राष्ट्र निर्माणको काममा अघि बढ्नुपर्छ ।”

    सडक बन्दमा उत्रिएका पाँच पहिचान पक्षधर पक्राउ

    खोटाङमा सडक बन्दमा उत्रिएका पाँच पहिचान पक्षधर अभियान्तालाई प्रहरीले पक्राउ गरेको छ । पुर्वमन्त्री एबं पहिचान आन्दोलनका अभियान्ता गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, वाइसिएलका बिजय राई र नेपाल आदिवासी जनजाती महासंघ खोटाङका सचिव उदिम चाम्लिङलाई प्रहरीले पक्राउ गरेको हो ।

    नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि अनिश्चितकालिन घुर्मी (उदयपुर)–लेगुवाघाट (धनकुटा) सडक बन्द आव्हान गरेका छन् ।

    सोही बन्द सफल बनाउन हिँडेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीको सार्वजनिक सवारी साधन ठप्प बन्यो । तर एमाले नेता तथा कार्यकर्ता रिजर्भ गाडीमा प्रहरीको कर्टिङमा कार्यक्रम स्थल पुगेका थिए । मध्यपहाडी राजमार्गका आसपासमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका थिए । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पहिचानपक्षधर समुहमाथि प्रहरी दमन भएको पहिचानवादी अभियान्ता रबिन खम्बूले बताए ।

    प्रदेशको नामांकनको विषयमा विमती राख्दै आन्दोलनरत पहिचानपक्षधर समुहले सोमबार राती खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका थिए । सडकमा गरिएको अवरोध प्रहरीले पन्छाएको जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको लामाखुमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

    पहिचान पक्षधर समुहले कोसी नामाकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान बिरुद्ध अभिव्यक्ती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित बिरोधका कार्यक्रम गरिरहेको छ । एमालेको संकल्प यात्रा र पहिचान पक्षधरको विरोधले तनाव सिर्जना भएको छ ।

    सम्बन्धित समाचार