बुधवार, मंसिर १३ २०८०
नेपाल वाइड
खोटाङ, १३ मंसिर । खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले गाँजा फाँड्न खटाइएका प्रहरीलाई फिर्ता बोलाउन माग गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा सदस्य राईले उदयपुर र खोटाङमा गाँजा फाँड्न परिचालन भएका प्रहरी टोलीलाई फिर्ता बोलाउन गृह–मन्त्रालयको ध्यानकार्षण गराएका छन् ।
प्रहरीले गाँजा फँडानी गरिरहेको बेला प्रतिनिधिसभा सदस्य राईको यस्तो धारणा आएको हो । सांसद राईले संसदबाट गाँजा खेतीको सम्भाव्यता अध्ययन अनुसन्धान गर्नेगरी बजेट पास गरेकाले गाँजा खेती नष्ट गर्न नहुने धारणा राखेका छन् ।
‘गृह–मन्त्रालयको ध्यानाकर्षण होस्,’ राईले लेखेका छन्, ‘आर्थिक २०८०/०८१ बजेटमा गाँजा खेतीको सम्भाव्यता अध्यायन अनुसन्धान गर्न संसदबाट पास गरेकोले गाँजा नष्ट गर्ने प्रहरी टोली उदयपुर–खोटाङको तुरुन्त फिर्ता गराउन अनुरोध छ ।’
