Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कोशी प्रदेश सरकारमा सहभागी नहुने जसपाको निर्णय

    कोशी प्रदेश सरकारमा सहभागी नहुने जसपाको निर्णय


    • मंगलवार, कार्तिक १४ २०८०

    • नेपाल वाइड


    कोशी प्रदेश सरकारमा सहभागी नहुने जसपाको निर्णय
    फायल तस्बिर ।
    बिराटनगर, १४ कात्तिक । जनता समाजवादी पार्टीले कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ । प्रदेश सरकारलाई बिश्वासको मत दिए पनि जसपाको मंगलबार इटहरीको हलगढामा बसेको प्रदेश कार्यकारिणी समितिको बैठकले सरकारमा भने सामेल नहुने निर्णय गरेको हो ।
     
    प्रदेश सरकारमा कांग्रेसलाई उसकै एउटा गुटले फसाइदिएको तथा गठबन्धनको बिरोधी एमालेको समर्थन पाएको सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरिएको जनता समाजवादी पार्टीका प्रदेश कार्यकारिणी समिति सदस्य नबिन राईले बताए ।
     
    ‘कांग्रेस आफ्नो गुटबाट बाहिर निस्कन सकेन । संयुक्त गठबन्धनले गरेको निर्णयलाई कांग्रेसको एउटा गुटले अलोकतान्त्रिक कदम चालेर फसाइदियो । उ फसेको ठाउँमा हामी किन फस्ने !,’ कार्यकारिणी समिति सदस्य राईले भने, ‘एमाले हाम्रो मुद्धाको प्रखर बिरोधी हो ।
     
    उसले समर्थन गरेको सरकारमा सहभागी हुनु भनेको हामीले पाएको जनमत र उठेको आन्दोलनको विरुद्ध जानु हो । यसर्थ सरकारमा सहभागी नहुने निर्णय गरिएको हो ।’

    सम्बन्धित समाचार