Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रको निर्णय

    कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रको निर्णय


    • मंगलवार, जेठ २३ २०८०

    • नेपाल वाइड


    कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रको निर्णय
    फायल तस्बिर

    खोटाङ, २३ जेठ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीका प्रदेश समिति अध्यक्ष हर्कवहादुर नेम्बाङ (मिक्सो)को अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको प्रदेश पदाधिकारीको बैठकले अध्यक्ष प्रचण्डको निर्देशन बमोजिम प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र पार्टीकोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश समिति उपाध्यक्ष देवान किरातीले बताए । प्रदेश सरकारमा माओवादीकातर्फबाट दुर्गा चापागाई र जीवन आचार्य मन्त्री छन् ।

    koshi province.jpg

    माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका हिकमत कार्की मुख्यामन्त्री रहेको सरकार अल्पमतमा परेको छ । माओवादी, राप्रपा र जसपाको समर्थनमा पुस २५ गते एमालेको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । अव सरकारमा ४६ र प्रतिपक्षमा ४७ सांसद बनेको छ ।

    प्रदेशमा कुल ९३ मध्ये एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसद छन् । सरकार बनाउन ९३ को ५१ प्रतिशत (४७ सांसद) आवश्यक पर्छ । सरकार फेरबदलमा माओवादीबाट सभामुख बनेका बाबुराम गौतम निर्णायक हुनेछन् ।

    सम्बन्धित समाचार