आइतवार, जेठ २१ २०८०
नेपाल वाइड
खोटाङ, २२ जेठ । रौतहटमा सिके राउत नेतृत्वको जनमत पार्टीनिकट स्वास्थ्यकर्मी जनमत संघ गठन गरिएको छ । गौरको नमस्ते गेष्टहाउसमा आइतबार भएको भेलाले उदयसिंह कुशवाहको अध्यक्षतामा ३१ सदस्यीय स्वास्थ्यकर्मी जनमत संघको जिल्ला समिति गठन गरिएको हो ।
स्वास्थ्यकर्मी जनमत संघको उपाध्यक्षमा रबिकुमार झा, मो. शाह आलम, पूजा शाह, शैलेन्द्र यादव, आइशा शिधकी, महासचिवमा विवेक चौधरी, सचिवमा सुबोध झा, सह–सचिवमा उपेन्द्र महतो, प्रशान्त पाण्डे र कोषाध्यक्षमा लक्ष्मन राय यादव चयन भएका छन् ।
सदस्यमा अनिल महतो, संजीव शाह, कृष्णकुमार ठाकुर, सन्तोष गुप्ता, सागरकुमार महतो, गोपेश यादव, प्रवीण गुप्ता, ओसी अक्तर खान, सन्तोषकुमार गुप्ता, नितेशकुमार यादव, किश्नकन्त गुप्ता, गोलु गुप्ता, कुमारी पाबे, राम विश्वास यादव, शैलेन्द्रप्रसाद यादव, संजीव यादव, सुरेन्द्र शाह, रमेशकुमार मुखिया, श्याम पण्डित र श्याम किशोर यादव चुनिएका छन् ।
स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय अध्यक्ष डा.सिके सिंहको अध्यक्षता, जनमत पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेश मन्त्री वसन्त कुशवाहको विशिष्ट आतिथ्य एवं जनमत पार्टीका केन्द्रीय सदस्य डा. सुबन्त कुशवाह, पुर्व जिल्ला सचिव बिकासकुमार यादव, ब्रिज किशोर यादव लगायतको आतिथ्यतामा स्वास्थ्यकर्मी जनमत संघको जिल्ला समिति गठन गरिएको हो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै सयौं स्वास्यकर्मी जनमत पार्टी प्रवेश गरेका छन् ।