Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ

    यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ


    • शुक्रवार, बैशाख २९ २०८०

    • नेपाल वाइड


    यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ
    मदन राई फायल तस्बिर ।

    खोटाङ, २९ बैशाख । यौन दुर्वव्यहार आरोपमा खोटाङको शुभद्रा मदन (शुभम) फाउन्डेशनका सञ्चालक मदन राई पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको फाउण्डेसनमा बस्दै आएका छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा कृषिविज्ञा राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

    पिडित किशोरीको मौखिक उजुरीका आधारमा राईलाई अनुसन्धानका लागि फाउण्डेसनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । आरोपित राई पक्राउ परेपछि पिडितले लिखित रुपमा जाहेरी दरखास्त दिएको प्रहरीले जनाएको छ ।

    हिरासतमा राखिएका राई बिरुद्ध वाल यौन दुर्वव्यहार अन्तरगतको कसुरमा प्रारम्भिक अनुसन्धान थालिएको डिएसपी मुकारुङले बताए । अनुसन्धान सकिएपछि सरकारी वलिकको कार्यालयमार्फत अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

    बैकल्पिक शिक्षाको अभ्यास गराउँदै आएको फाउण्डेसनमा विभिन्न जिल्लाका डेढ सय विद्यार्थी बसेर अध्ययन गरिरहेका छन् । फाउण्डेसनका सञ्चालक राईले फाउन्डेशनमा बसिरहेका छात्रालाई यौन दुर्वव्यहार गरेको समाचार सेतोपाटी डटकमले वैशाख २८ गते प्रकाशित गरेको थियो ।

    सम्बन्धित समाचार