Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ढाँटेको ढाँट्यै गर्छ ठेकेदार

    चखेवाभञ्ज्याङ–सेखुवा सडकः जिल्ल पारेर हिँड्यो ठेकेदार

    चखेवाभञ्ज्याङ–सेखुवा सडकः जिल्ल पारेर हिँड्यो ठेकेदार


    • बिहिवार, बैशाख २८ २०८०

    • नेपाल वाइड


    चखेवाभञ्ज्याङ–सेखुवा सडकः जिल्ल पारेर हिँड्यो ठेकेदार
    निर्माणाधिन मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड ।

    खोटाङ, २८ बैसाख । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रेको ठेक्का लिएको ठेकेदार पुःन काम अलपत्र छाडेर सम्पर्क विहिन बनेको छ ।

    चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाही जेभी काठ्माडौंका प्रतिनिधि काम छाडेर सम्पर्क बिहिन बनेको हो । गत चैत २५ गते यता चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम ठप्प छ ।

    काम अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायी हाल सम्पर्कमा नरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, धुलीखेलका इन्जिनियर दिपेश मनकर्मीले बताए ।

    कालोपत्रेको काममा ढिलासुस्ती भएको भन्दै पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले २०७९ मंसिरमा ठेक्का तोड्न सिफारिस गरे लगत्तै काममा फर्किएको ठेकेदार पुःन सम्पर्क विहिन बनेको हो ।

    ठेकेदारले कालोपत्रेको काम पुरा गर्ने छाँट नदेखाएका कारण कार्यालयले ठेक्का तोड्नका लागि गत मंसिर १८ गते सडक विभाग समक्ष सिफारिस गरेको थियो । ठेक्का तोड्न सिफारिस गरेपछि ठेक्का जोगाउन सम्पर्कमा आएका ठेकेदारले कल्भर्ट, स्ट्रक्सचर, सब–बेस राख्ने लगायतका काम सुरु गरेको थियो ।

    तर, केही समय काम गरेझैं गरेका ठेकेदार निर्माणस्थलबाट ‘जिल्ल बनाएर’ हिँडेको हो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बैसाख ३ गते भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई लिखित रुपमा सेखुवा–चखेवा भञ्ज्याङ खण्ड कालोपत्रेको काम सम्पन्न गर्ने ‘उपाय’ अपनाउन ध्यानाकर्षण गराएका थिए ।

    ढाँटेको ढाँट्यै गर्छ ठेकेदार

    चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको ठेक्का तोड्नका लागि सिफारिस गरेपछि काम सुचारु गराएको ठेकेदार कम्पनीले चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र बैसाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको थियो ।

    ठेक्का तोड्नका लागि सिफारिस भएको अवस्थामा स्थानीय पनि ठेक्का तोड्न दवाव दिन प्रशासन पुगेपछि साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईको रोहवरमा पुस २२ गते मैनाचुली निर्माण सेवाका प्रतिनिधि मदनकुमार अधिकारीले असार मसान्तसम्मका काम सम्पन्न गर्ने लिखित प्रतिवद्धता गरेका थिए ।

    अधिकारीले चखेवातर्फबाट सव–वेस लेइङ सुरु गरी माघ २५ गतेसम्म सव–बेसको काम सम्पन्न गर्ने, माघ २६ गतेदेखि बेस लेइङको काम सुरु गर्ने, चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र बैसाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने लगायतका प्रतिवद्धता जनाएका थिए । तर त्यी प्रतिवद्धता कागजमै सिमित बनेको जिल्ला समन्वय समितिका प्रमुख राईले बताए ।

     

    सम्बन्धित समाचार