Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ: जन्ती बोकेको बससँग ठोक्किँदा बाईकचालक गम्भीर घाईते

    खोटाङ: जन्ती बोकेको बससँग ठोक्किँदा बाईकचालक गम्भीर घाईते


    • बुधवार, बैशाख २७ २०८०

    • नेपाल वाइड


    खोटाङ: जन्ती बोकेको बससँग ठोक्किँदा बाईकचालक गम्भीर घाईते
    मुढे–वात्तल खण्डमा बस र बाईक ठोक्किएर भएको दुर्घटनाबारे बुझ्दै प्रहरी ।

    खोटाङ, २७ बैसाख । खोटाङमा जन्ती बोकेको बस र बाईक ठोक्किँदा एक गम्भीर घाईते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत मुढे–वात्तल खण्डमा बुधबार विपरित दिशाबाट आइरहेको बा ३ ख १८९५ नम्बरको बस र बा ८३ प २८६६ नम्बरको बाईक ठोक्किदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा चौतारो टोलका बाईकचालक २८ वर्षीय राजन राई गम्भीर घाईते भएका हुन् ।

    जालपाबाट जन्ती बोकेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मातर्फ जाँदै गरेको बससँग घुम्तीमा बाईक ठोक्किएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

    बस र बाईक ठोक्किँदा राईको हातखुट्टा, अनुहार र शरीरमा चोट लागेको छ । उनलाई उपचारका लागि दिक्तेलस्थित फेमिली केयर अस्पताल लगिएको थियो । फेमिली केयर अस्पतालमा उपचार सम्भव नभएपछि घाईतेलाई काठमाडौं रेफर गरिएको छ ।

    घाईतेको नाक र मुखबाट रगत बगिरहेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार