शनिवार, बैशाख ९ २०८०
नेपाल वाइड
खोटाङ, ९ वैशाख । दिक्तेलबाट खोटाङ बजार जादै गरेको बसको ढोकाबाट खसेर एक ब्यक्तिको मृत्यु भएको छ । दिक्तेलबाट खोटेहाङ गाउँपालिका केन्द्र खोटाङबजार जादै गरेको बा ३ ख ३४४१ नम्बरको बसको ढोकाबाट खसेर शुक्रबार राती जन्तेढुंगा गाउँपालिका–३ का ३८ वर्षिय दिनेश राईको मृत्यु भएको हो ।
खोटाङ बजार पुग्नै लाग्दा खोटेहाङ गाउँपालिका–४ बड्का दियालेस्थित कुला भन्ज्याङमा राती करीब ९ः३० बजे बस गुडिरहेको अवस्थामा राई ढोकाबाट खसेका थिए । ढोकाबाट खसेर बसले किच्दा गम्भीर घाइते भएका राईलाई उपचारकालागि नजिकै रहेको खोटाङ बजार स्वास्थ्य चोकीमा लगिएको थियो ।
उपचारका क्रममा राईको राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गुडिरहेको बसको ढोकाबाट खसेर राईको मृत्यु भएपछि उचित क्षतिपूर्ति नमिल्दा परिवारले शनिबार अबेरसम्म शव जिम्मा लिएका थिएनन् । दुवै पक्षबीच सहमती पश्चात शनिबार अपरान्ह पोस्टमार्टमका लागि सिमपानी लगिएको छ ।