Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डढेलोले पाईप जल्दा विद्यालयमा खानेपानी आपुर्ती बन्द

    डढेलोले पाईप जल्दा विद्यालयमा खानेपानी आपुर्ती बन्द


    • शुक्रवार, बैशाख ८ २०८०

    • नेपाल वाइड


    डढेलोले पाईप जल्दा विद्यालयमा खानेपानी आपुर्ती बन्द
    मार्से सावाला कुर्ले सिद्धेबारी सामुदायीक वनमा लागेको डढेलो ।

    खोटाङ, ८ बैसाख । डढेलोले पाईप जलाउँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे आधारभुत विद्यालयमा खानेपानी आपुर्ती बन्द भएको छ ।

    सामुदायीक वनमा लागेको डढेलोले खानेपानीको पाईप जलेपछि बिहिबारदेखि विद्यालयमा खानेपानीको आपुर्ती बन्द भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताए ।

    साविक दुर्छिम–२ मा पर्ने स्थानीय मार्से सावाला कुर्ले सिद्धेबारी सामुदायीक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानीको पाईप जलेको हो ।

    भीरैभीर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर पाईप डढेलोले जलेको हो । प्यालाभिरदेखि मुहानसम्मको खण्डको कतिपय पाईप जलेर टुक्रा–टुक्रा भएको र कतिपय पाइप पड्केर फुटेको विव्यास अध्यक्ष राईले बताए ।
    बैसाख ६ गते सुरु भएको डढेलो वन क्षेत्र डढिसकेपछि आफै निभेको छ । स्थानीय र प्रहरीले बस्ती नजिक पुगेको डढेलो नियन्त्रण गरेर घरहरु जोगाएका छन् । साविक दुर्छिम–३ छापडाँडा तेलाभीरमा डढेलोले छाडिसकिएको केही घर जलेको निवर्तमान वडासदस्य फलामसिं राईले बताए ।

    यस्तै, डढेलोले जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सामुदायीक वन कात्तिके सखाप बनाएको छ । बैसाख ६ गते साँझदेखि सुरु भएको भिषण डढेलोले सामुदायीक वन सखाप बनाएको हो ।

    हावाहुरीका कारण डढेलो नियन्त्रण गर्न नसकिएको डम्बर्खुशिवालय सामुदायीक वन कात्तिकेका अध्यक्ष नृपबहादुर चौंलागाईले बताए । वन क्षेत्र डढिसकेपछि धेरैजसो डढेलो आफै नियन्त्रणमा आएको छ । बाँकी रहेको डढेलो काभ्रेखोला पुगेपछि आफै नियन्त्रणमा आउने स्थानीयले बताएका छन् ।

    fire at dambarkhusiwalaia (2).jpeg

    fire at dambarkhusiwalaia (3).jpeg

    fire at dambarkhusiwalaia (4).jpeg

    fire at dambarkhusiwalaia (5).jpeg

    fire at dambarkhusiwalaia (6).jpeg

    fire at durchhim (1).jpg

    fire at durchhim (2).jpg

    fire at durchhim (3).jpg

    fire at durchhim (4).jpg

    fire at durchhim (5).jpg

    fire at durchhim (6).jpg

    मार्से सावाला कुर्ले सिद्धेबारी सामुदायीक वनमा लागेको डढेलो ।

    सम्बन्धित समाचार