बिहिवार, बैशाख ७ २०८०
नेपाल वाइड
खोटाङ, ७ बैसाख । ह्वाटस्एपको माध्यमबाट खोटाङको महिलालाई ठगी गर्ने नवलपरासीका महिला पक्राउ परेकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक महिलालाई ह्वाटस्एपको माध्यमबाट प्रलोभन देखाएर ठगी गर्ने नवलपरासी बर्दघाट नगरपालिका–४ की ४७ वर्षीय गीतादेबी चापागाई पक्राउ परेका हुन् ।
चापागाईले ‘तपाईलाई पाउण्ड पार्सल आएको छ, उक्त पार्सल लिन रकम पठाउनु पर्यो’ भनि मेसेज पठाएर ह्वाटस्एपबाट स्क्यान गरी ३ लाख १५ हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चापागाई विरुद्ध जिल्ला अदालत खोटाङबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।