Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आयुर्वेद प्रमुखको लुगा धुन इन्कार गर्दा सेवाबाट हटाएको कार्यालय सहयोगीको गुनासो

    आयुर्वेद प्रमुखको लुगा धुन इन्कार गर्दा सेवाबाट हटाएको कार्यालय सहयोगीको गुनासो


    • मंगलवार, बैशाख ५ २०८०

    • नेपाल वाइड


    आयुर्वेद प्रमुखको लुगा धुन इन्कार गर्दा सेवाबाट हटाएको कार्यालय सहयोगीको गुनासो
    कार्यालय सहयोगी दुर्गाप्रसाद आचार्य (बाँया) र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र टाङका प्रमुख डा. उमेश मेहता (दाँया)

    खोटाङ, ५ बैसाख । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र खोटाङका प्रमुख डा. उमेश मेहताले कार्यालय सहयोगीलाई सेवाबाट हटाएका छन् । कार्य सम्पादनमाथि चित्त नबुझेको आरोप लगाउँदै डा. मेहताले कार्यालय सहयोगी दुर्गाप्रसाद आचार्यलाई सेवाबाट हटाएका हुन् ।

    कार्यालय प्रमुख बनेर आए लगत्तै करारका ल्याब असिस्टेन्ट उर्मिला बस्नेत र पुरुष थेरापी नवीन आचार्यलाई हटाएका मेहताले कार्यालय सहयोगी आचार्यलाई पनि निकालिदिएका हुन् ।

    २०७१ असोज १७ गते करारमा कार्यालय सहयोगीको नियुक्ती पाएका आचार्यलाई डा. मेहताले गत माघ १ गतेदेखि हाजिर गर्न दिएका छैनन् । सेवाबाट हटाइएपछि आर्थिक रुपमा विपन्न आचार्यको रुवाबासी सुरु भएको छ ।

    मेहताले पटक–पटक कार्यालय नआउन दबाब दिँदै आएको आचार्यले गुनासो गरे । तर, आचार्य दैनिक कार्यालयमा पुगेर आफ्नो काम गरिरहेका छन् । कार्यालय प्रमुख भएर आएका मेहताले भित्रीबस्त्र धुन इन्कार गरेको निहुँमा सेवाबाट हटाएको आचार्यले गुनासो गरेका छन् ।

    ‘मेरो काम कार्यालय सरसफाइ गर्ने हो, कार्यालय प्रमुखको लुगा कपडा धुने होइन । हाकिम साबले भनेपछि उहाँले लगाएको लुगा समेत धोइदिएँ । उहाँको पेन्टी समेत धुन लगाउनुभयो,’ आचार्यले भने, ‘म बाहुनको छोरा हुँ, पेन्टी चाँहि धुँदिन भन्दा जागिरबाटै हटाउनुभयो । उमेरले पनि डाँडो काट्न लाग्यो !

    अन्य काम गर्न सक्दिन । करारको जागिर गएपछि मेरो परिवारको बिचल्ली भएको छ ।’ डा. मेहताले हाजिर हुन नदिएपछि जागीर बचाउनकालागि आचार्यले कर्मचारीको विभिन्न पेशागत संगठनदेखि पत्रकारलाई गुहारिरहेका छन् ।

    कार्यालय प्रमुख डा. मेहताले करारमा रहेका कार्यालय सहयोगी आचार्य, ल्याब असिस्टेन्ट बस्नेत र पुरुष थेरापी आचार्यको कार्यसम्पादन चित्तबुझ्दो नभएकाले हटाएको प्रतिक्रिया दिएका छन् । ल्याब असिस्टेन्ट बस्नेत सुत्केरी भएको अवस्थामा र पुरुष थेरापी आचार्य बिरामी भएको अवस्थामा जागिरबाट निकालिएका हुन् ।

    कार्यालय सहयोगीको जागीर खाइदिने डा. मेहताले ऐसेलुखर्कमा कार्यरत सीता यादव र दिक्तेलमा कार्यरत भीमप्रसाद कोइरालाको भने सट्टा भर्ना गरेका छन् । मेहताले आफ्नो अनुकुलका लागि करारमा कार्यरत यादव र कोईरालाको सट्टा भर्ना गरेको बताइएको छ ।

    सम्बन्धित समाचार