Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावाबेँसीः लिची बालीमा फैलिएको रोग किरा नियन्त्रणका लागि किसानलाई विषादि तथा उपकरण

    रावाबेँसीः लिची बालीमा फैलिएको रोग किरा नियन्त्रणका लागि किसानलाई विषादि तथा उपकरण


    • सोमवार, चैत्र २७ २०७९

    • नेपाल वाइड


    रावाबेँसीः लिची बालीमा फैलिएको रोग किरा नियन्त्रणका लागि किसानलाई विषादि तथा उपकरण
    किसानलाई विषादि तथा उकपरण वितरणसँगै सुरक्षित तरिकाले विषादि छर्ने विधि प्रयोगात्मक रुपमा सिकाइदै ।

    खोटाङ, २७ चैत । खोटाङको रावाबेँसी गाउँपालिकाका किसानलाई लिची बालीमा फैलिएको स्पाइडर माइटस्, बोरर, पतेरो लगायतका किराको प्रकोप नियन्त्रणका लागि विषादि तथा उपकरण वितरण गरिएको छ ।

    रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका–२ खार्पा, रावाबेँसी गाउँपालिका–५ दुबेकोल र रावाबेँसी गाउँपालिका–६ हौंचुरका किसानले लगाएको लिचीको बोटमा फैलिएको रोग तथा किराको प्रकोप नियन्त्रणका लागि किसानलाई आवश्यक विषादि, विषादि छर्ने उपकरणका साथमा सुक्ष्म खाद्य तत्व वितरण गरिएको हो ।

    लिचीमा फैलिएको रोग किराको उपचारका लागि बाली संरक्षण प्रयोगशाला झुम्का, सुनसरीले सोमबार गाउँपालिकाका चार वटा कृषक समुहलाई चार थान पावर स्प्रेयर सहितको सेट, ६ सय बोत्तल विषादि, ५० बोत्तल सुक्ष्म खाद्य तत्व लगायत वितरण गरेको हो ।

    लिचीको बोट भएका सबै किसानले आवश्यक परेकोबेला उपयोग गर्न पाउने गरी पावर स्प्रेयर प्रदान गरिएको कृषि शाखा संयोजक मुगाधन राईले बताए । किसानलाई विषादि तथा उकपरण वितरणसँगै सुरक्षित तरिकाले विषादि छर्ने विधि प्रयोगात्मक रुपमा सिकाइएको छ ।

    besi.jpg

    गाउँपालिकाद्धारा किसानलाई लिची बालीमा फैलिएको स्पाइडर माइटस्, बोरर, पतेरो लगायतका किराको प्रकोप नियन्त्रणका लागि विषादि तथा उपकरण वितरणकाक्रममा ।

    कृषि सामाग्री वितरण कार्यक्रममा बाली संरक्षण प्रयोगशालाका प्रमुख मुकेशकुमार शाह, बाली संरक्षण अधिकृत घनश्याम बराल, प्रास ईन्द्रकुमार राई, कृषि ज्ञान केन्द्र खोटाङका निमित्त कार्यालय प्रमुख हरिनारायण राई, कृषि शाखा संयोजक राई, कृषिविज्ञ विवेक ढकाल लगायत ४० किसानको उपस्थिति रहेको थियो ।

    गत चैत ७ गते स्थलगत अनुगमनमा रावाबेँसी पुगेको बाली संरक्षण प्रयोगशाला, कृषि ज्ञान केन्द्र, गाउँपालिकाको कृषि शाखाको टोलीले लिची बालीमा माइट, बोरर र पतेरोको प्रकोप फैलिएको पहिचान गरेको थियो ।

    विशेषगरी लिचीमा स्पाइडर माइट्सको प्रकोप फैलिँदा उत्पादनमा र्‍हास ल्याइरहेको पाइएको कृषि ज्ञान केन्द्र, खोटाङका बाली संरक्षण अधिकृत रामनन्दन यादवले बताए । कतिपय बोटमा लिचीको फल फुट्ने समस्या पनि फैलिएको पाइएको छ ।

    सम्बन्धित समाचार