Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा खोटाङमा तीन गम्भीर घाईते

    बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा खोटाङमा तीन गम्भीर घाईते


    • आइतवार, चैत्र २६ २०७९

    • नेपाल वाइड


    बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा खोटाङमा तीन गम्भीर घाईते
    दुर्घटनामा परेको महेन्द्र पिकअप बोलेरो ।

    खोटाङ, २६ चैत । बिरामी बोकेको महेन्द्र पिकअप बोलेरो दुर्घटना हुँदा खोटाङमा तीन गम्भीर घाईते भएका छन् । आइतबार ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीको सानोडुम्रेस्थित मयुर आधारभुत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको बोलेरो दुर्घटना हुँदा सोही ठाउँका पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाईते भएका हुन् ।

    गम्भीर घाइतेलाई हेलीकोप्टर चार्टर गरेर उपचारका लागि काठ्माडौं पठाइएको वडाध्यक्ष टंकराम राईले बताए । बिरामी भएकी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।

    दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाईते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको छ । बिरामीलाई स्ट्रेचरमा राखेर राखालीपुलतर्फ लैजाँदै गर्दा मयुर आधारभुत विद्यालय नजिकै खाली बोलेरो भेटेपछि उनीहरु सोही बोलेरो चढेर अगाडि जानेक्रममा दुर्घट्नामा परेका हुन् ।

    सम्बन्धित समाचार