शुक्रवार, चैत्र २४ २०७९
नेपाल वाइड
खोटाङ, २४ चैत । खोटाङका कांग्रेस नेता बाजिन्द्र बिष्टले नेपाल किसान महासंघको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन् । हाल कांग्रेसका जन्तेढुंगा सभापति रहेका बिष्टलाई नेपाल किसान महासंघ केन्द्रीय समितिले महासंघको जिल्ला अध्यक्षमा मनोनयन गरेको हो ।
नेपाल किसान महासंघको संगठन विस्तार एवं आगामी जिल्ला अधिबेसन तोकिएको समयमा सम्पन्न गर्नेगरी महासंघको जिल्ला अध्यक्षमा मनोनयन गरिएको नेपाल किसान महासंघ केन्द्रीय समितिले जनाएको छ ।
जिल्लाका सम्पूर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिबेसन केन्द्रले तोकेकै समयमा गराउन जिम्मेवारी दिइएको नेपाल किसान महासंघ केन्द्रीय समिति अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले दिएको मनोनयन–पत्रमा उल्लेख छ ।