Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    चालक र सह–चालकलाई सवारी दुर्घटना न्युनीकरण सम्वन्धी प्रशिक्षण

    चालक र सह–चालकलाई सवारी दुर्घटना न्युनीकरण सम्वन्धी प्रशिक्षण


    • आइतवार, चैत्र १२ २०७९

    • नेपाल वाइड


    चालक र सह–चालकलाई सवारी दुर्घटना न्युनीकरण सम्वन्धी प्रशिक्षण
    यात्रु बाहक सवारी साधनका चालक र सह–चालकलाई सवारी दुर्घटना न्युनीकरण सम्वन्धी प्रशिक्षण दिनुहुदै डिएसपी मञ्जिल मुकारुङ ।

    खोटाङ, ११ चैत । जिल्ला प्रहरी कार्यालय खोटाङले यात्रु बाहक सवारी साधनका चालक र सह–चालकलाई सवारी दुर्घटना न्युनीकरण सम्वन्धी प्रशिक्षण दिएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय र खोटाङ यातायात प्रालिसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले बस, सुमो र अटो चालक र सह–चालकलाई सहभागी गराएर तीन दिने भेटघाट तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

    यात्रु बाहक सवारी साधनका चालक र सह–चालकलाई ट्राफिक नियम पालना गर्ने, सवारी दुर्घटना न्युनीकरणका उपाय अपनाउने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउन नहुने, क्षमताभन्दा बढी यात्रु राख्न नहुने, यात्रुमैत्री बोलिचाली गर्ने, सवारी साधनको यन्त्र चुस्तदुरुस्त राख्ने, साथमा सवारी सम्वन्धी कागजात राख्ने, जथाभावी पार्किङ नगर्ने लगायतका विषयमा प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

    प्रशिक्षणमा चालक र सह–चालक गरी १०७ जनाको सहभागीता रहेको थियो । सवारी दुर्घटनाका सन्दर्भमा ‘सेफ खोटाङ’ बनाउने लक्ष्यका साथ चालक र सह–चालकका लागि प्रशिक्षण सञ्चालन गरिएको डिएसपी मुकारुङले बताए ।

    प्रशिक्षण समापन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङ लगायतको उपस्तिति रहेको थियो ।

    सम्बन्धित समाचार