Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    इमान्दरिता र नैतिकता खत्तम भइसक्योः रायमाझी

    इमान्दरिता र नैतिकता खत्तम भइसक्योः रायमाझी


    • बिहिवार, चैत्र ९ २०७९

    • नेपाल वाइड


    इमान्दरिता र नैतिकता खत्तम भइसक्योः रायमाझी
    मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझी ।

    खोटाङ, ९ चेत । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले देशको राष्ट्रियता खतरामा रहेको बताएका छन् । एमाले खोटाङले बिहिबार दिक्तेलमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै रायमाझीले एसपीपी (अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम), नागरिकता विधेयक लगायतका एजेण्डाहरुले राष्ट्रियता खतरामा परेको चर्चा गरेका छन् ।

    “जव आफ्नै पार्टीभित्रबाट नेकपाको सरकार ढाल्ने काम भयो र कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा भो । त्यो देखि दुई वर्षको अवधिमा भए गरेका गतिविधि कहाली लाग्दो छ । डरलाग्दो चित्र देखा पर्दछ । देशको राजनीति अव कतातिर जान्छ भन्ने प्रश्न उठिरहेको छ,” रायमाझीले भने, “अहिले महंगी आकाशिएको छ । राष्ट्रियता खतरामा छ । एसपीपी, एमसीसी, नागरिकता विधेयक लगायतका एजेण्डाहरु देखिरहेका छौँ ।”

    सचिव रायमाझीले वर्तमान सरकार नयाँ बजेट ल्याउन सक्ने अवस्थामा नभएको टिप्पणी गरेका छन् । बजेट कटौती हुने अवस्था भए पनि सरकारमा जानका लागि मारामार चलिरहेको रायमाझीले बताए । “देशको विकास, समृद्धिका विषयहरु ठप्प छन् । आजभन्दा दुई महिनाअघि पुँजीगत खर्च विकास खर्च करिब दुई खरब माइनस चलिरहेको छ ।

    आउँदो जेठ १५ गते सरकारले नयाँ बजेट ल्याउँदैछ । बजेट ल्याउन नसक्ने स्थिति छ । धेरै बजेट कटौती हुनेवाला छ,” उनले भने, “यस्तो हुँदाहुँदै पनि सरकारमा जानका लागि तानातान, मारामा, कुटाकुट छ । सरकारमा जानका लागि चरम अन्तरसंघर्ष संकट देखापरिरहेको छ । इमान्दरिता र नैतिकता भन्ने चिज खत्तम भइसकेको छ, जे पनि गर्ने ।”

    रायमाझीले नेतृत्वमा जोकर भएकाले देशले दुःख पाएको भन्दै सरकारको कटाक्ष गरेका छन् । “एक प्रकारले भन्ने हो भने तासको जोकर लगायौं भने मान्छेको जोकर भयो भने देश खत्तम हुन्छ,” रायमाझीले भने, “तासको जोकरले बाजी हुन्छ तर मान्छे जोकर भइदियो भने देशले दुःख पाउँदोरहेछ । यो ज्यादै नै खतरनाक चिज हो ।”

    कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम, केन्द्रीय सदस्य मानविर राई, पर्शुराम अधिकारी, एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपाने लगायतले बोलेका थिए । जिल्लाको १० वटै स्थानीय तहमा सञ्चालन भइरहेको मिसन ग्रासरुट कार्यक्रम आगामी वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा समापन गरिने एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

    सम्बन्धित समाचार