Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    रावाबेँसी : वडा कार्यालय दुबेकोलको भवन उद्घाटन

    रावाबेँसी : वडा कार्यालय दुबेकोलको भवन उद्घाटन


    • शुक्रवार, चैत्र ३ २०७९

    •  प्रेम श्रेष्ठ


    रावाबेँसी : वडा कार्यालय दुबेकोलको भवन उद्घाटन
    रावाबेँसी गाउँपालिका–५ दुबेकोलको वडा कार्यालय भवन उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष फटिक श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ, पुर्व गाँउपालिका अध्यक्ष लिलानाथ निरौला, कार्यकारी प्रमुख दिनेश राईलगायत ।

    खोटाङ, ३ फागुन । खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा संघीय सरकारबाट विनियोजित ५२ लाखको लागतमा निर्माण गरिएको भवन शुक्रबार उद्घाटन गरिएको हो ।

    मोहन एण्ड पोखरी जेभीले निर्माण गरेको वडा कार्यालय भवन गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । वडा कार्यालय भवन उद्घाटनका क्रममा वडाका उत्कृष्ट बुहारी, विद्यार्थी, कृषक, शिक्षक, अभिभावक, उद्यमी, व्यवसायी, सिकर्मी, डकर्मी, असहाय र उपभोक्ता समितिलाई सम्मान गरिएको वडा सचिव शेरबहादुर दाहालले बताए ।

    दुवेकोलका साविकका नौ वटै वडाका नौ जना उत्कृष्ट बुहारीलाई प्रेसर कुकर, सबैभन्दा बढी धान, कोदो, मकै फलफूल र तरकारी फलाउने कृषकलाई १६ लिटरको एस्प्रे, उत्कृष्ट बाख्रा पालक एक जना कृषकलाई घाँस काटने एक थान सिकेचर प्रदान गरिएको छ ।

    df.jpg

    भवन उद्घाटनका क्रममा वडाका उत्कृष्ट बुहारी, विद्यार्थी, कृषक, शिक्षक, अभिभावक, उद्यमी, व्यवसायी, सिकर्मी, डकर्मी, असहाय र उपभोक्ता समितिलाई गरिएको सम्मान ।

    यस्तै, उत्कृष्ट टेलर सञ्चालन गर्नेलाई आइरन, कैची, उत्कृष्ट सिकर्मीलाई प्लेन्जर, उत्कृष्ट डकर्मीलाई मार्वल कटर, उत्कृष्ट छालाको काम गर्नेलाई नगद पाँच हजार, उत्कृष्ट स्वास्थ्यकर्मीलाई नगद पाँच हजार, उत्कृष्ट स्वास्थ्य महिला स्वयं सेविकालाई राईस कुकर प्रदान गरिएको वडा सचिव दाहालले बताए ।

    उत्कृष्ट फलामको काम गर्नेलाई आरन, वडाभित्रका तीन वटा विद्यालयका उत्कृष्ट अभिभावकलाई राइस कुकर, वडाभित्र सञ्चालित तीन वटा विद्यालयका शिक्षकलाई नगद पाँच हजार र उत्कृष्ट उपभोक्ता समितिलाई नगद १० सहित सम्मान–पत्रको साथमा सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

    वडा कार्यालयले २०७९ सालको पहिलो त्रैमासिक र दोस्रो त्रैमासिक परीक्षामा कक्षा प्रथम, द्वितीय र तृतीय हुने गंगोदय मावि दुवेकोलका ३० जना, कालीका आवि चिण्डेभदौरेका २४ जना र खेती आवि ठूलोबरका ९ जना विद्यार्थीलाई कापी र डटपेन वितरण गरिएको गरेको छ ।

    यस्तै, वडाका दुई जना असहायलाई पाठा सहितको बाख्रा वितरण गरिएको छ । कार्यक्रम वडाअध्यक्ष मनकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पुर्वगाउँपालिका अध्यक्ष लिलानाथ निरौला, गाउँपालिका उपाध्यक्ष कोशिला गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

    dffff.jpg

    भवन उद्घाटनका क्रममा वडाका उत्कृष्ट बुहारी, विद्यार्थी, कृषक, शिक्षक, अभिभावक, उद्यमी, व्यवसायी, सिकर्मी, डकर्मी, असहाय र उपभोक्ता समितिलाई गरिएको सम्मान ।

    सम्बन्धित समाचार