Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    रावाबेँसीमा नदी तथा खोलामा करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक

    रावाबेँसीमा नदी तथा खोलामा करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक


    • शुक्रवार, चैत्र ३ २०७९

    • नेपाल वाइड


    रावाबेँसीमा नदी तथा खोलामा करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक
    रावाबेँसी गाउँपालिकाको कार्यालय ।

    खोटाङ, ३ चैत । खोटाङको रावाबेँसी गाउँपालिकाले नदी तथा खोलामा करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ । दुधकोसी र रावा खोलामा अवैध तरिकाले करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले बिहिबार सुचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विष्फोटक पदार्थ प्रयोगमा रोक लगाएको हो ।

    करेन्ट र व्लाष्टिङको प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र पर्यवरणमा क्षती पुग्ने भएकाले सो कार्यमा रोक लगाउनु परेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।

    आगामी दिनमा माछा मार्नेक्रममा नदी तथा खोलामा करेन्ट र विष्फोटक पदार्थ प्रयोग गरेको पाइएमा कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ । रावा खोलामा धेरैजसो अन्यत्रबाट आउने स्थानीयले माछा मार्नेक्रममा करेन्ट तथा विष्फोटक पदार्थ प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।

    दुधकोसीमा भने स्थानीयले नै विष तथा व्लाष्टिङ लगाउने गरेको बताइएको छ । रावा खोलाको असला माछा देशभर प्रसिद्ध छ । असला माछाको सिकुटी विभिन्न बजारमा पुग्ने गरेको छ । रावा खोलाको माछा मारेर स्थानीयले राम्रो आयआर्जन गर्दैआएका छन् ।

    सम्बन्धित समाचार