Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    वनमा लागेको डढेलोबाट बच्न रातभर जाग्राम

    वनमा लागेको डढेलोबाट बच्न रातभर जाग्राम


    • आइतवार, फाल्गुण २८ २०७९

    • नेपाल वाइड


    वनमा लागेको डढेलोबाट बच्न रातभर जाग्राम
    रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा लागेको डढेलो ।

    खोटाङ, २८ फागुन । खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित कालिका भगवती सामुदायीक वनमा लागेको डढेलोबाट बच्न स्थानीय रातभर जाग्राम बसेका छन् ।

    शनिबार दिउँसोदेखि सुरु भएको डढेलो बस्ती नजिक आएपछि स्थानीय रातभर सुत्न नपाएका हुन् । धारापानी, कोटडाँडा, मण्डलीछाप र आतमाराका स्थानीय समुह बनेर रातभर आ–आफ्नो टोलको संरक्षणमा जुटेको वडा सदस्य महेश बोगटीले बताए ।

    डढेलोले वस्तीलाई घेरा हालेपछि स्थानीयले डढेलो निभाउने र डढेलो आउँदैगरेको बाटोको पत्कर पन्छाएर रात विताएका छन् । डढेलोको लप्का र झिल्को घरको छानोमा आउने त्रासमा स्थानीय सुत्न नसकेको बोगटी बताउँछन् ।

    करिब पाँच सय हेक्टरमा फैलिएको सामुदायीक वनमा डढेलो लागेको हो । डढेलो कसले लगाएको भन्ने खुल्न सकेको छैन । मानव वस्तीमा डढेलो पस्ने जोखिम टरे पनि अहिले सिरुवानी क्षेत्रमा डढेलो कायम छ ।

    सो क्षेत्रमा प्रहरी र स्थानीयबासीको टोलीले अग्नी रेखा बनाएर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । डढेलोले भिषण रुप लिएपछि नियन्त्रणका लागि प्रशासन र प्रहरीलाई खबर गरिएको वडाध्यक्ष ज्ञानुराज पाण्डेले बताए ।

    कतिपयले भने वन्यजन्तु धपाउनका लागि स्थानीय आफैले जानाजान डढेलो लगाएको अनुमान गरिरहेका छन् । यस्तै, केही दिनदेखि केपिलासगढी गाउँपालिका–४ बाक्सिला र केपिलासगढी गाउँपालिका–३ बासपानीको सिमानामा लागेको डढेलो आफै नियन्त्रणमा आएको गाउँपालिका अध्यक्ष समिर राईले बताए ।

    सम्बन्धित समाचार