Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    रावाबेँसी र केपिलासगढीका सामुदायीक वनमा भिषण डढेलो

    रावाबेँसी र केपिलासगढीका सामुदायीक वनमा भिषण डढेलो


    • शनिवार, फाल्गुण २७ २०७९

    • नेपाल वाइड


    रावाबेँसी र केपिलासगढीका सामुदायीक वनमा भिषण डढेलो
    रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा लागेको डढेलो ।

    खोटाङ, २७ फागुन । खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको सिमपानीस्थित सामुदायीक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । सामुदायीक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछि नजिकैको वस्ती जोखिममा परेको छ ।

    धारापानीस्थित कालिका भगवती सामुदायिक वनमा शनिबार दिउँसोदेखि डढेलो सुरु भएको हो । साविक डुम्रेधारापानी–६ धारापानी वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएपछि आतमारा, धैरेनीटार, मण्डलीछाप र कोटगाउँ जोखिममा परेको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताए ।

    निभाउनका लागि नजिक जान सक्ने अवस्था नभएकाले डढेलोले क्रमशः भिषण आकार लिएको छ । डढेलो नियन्त्रणका लागि स्थानीयले जिल्ला प्रहरी कार्यालय खोटाङलाई जानकारी गराइसकेका छन् । बस्तीमा डढेलो पस्न नदिन स्थानीय प्रहरी चौकीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    सम्बन्धित समाचार