Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा राष्ट्रिय युवा संघको समानान्तर कमिटि

    खोटाङमा राष्ट्रिय युवा संघको समानान्तर कमिटि


    • शुक्रवार, फाल्गुण २६ २०७९

    • नेपाल वाइड


    खोटाङमा राष्ट्रिय युवा संघको समानान्तर कमिटि
    युवा संघको छुट्टाछुट्टै समानान्तर कमिटिका अध्यक्ष (बाँया) रोशन राई र रसकुमार राई ।

    खोटाङ, २५ फागुन । एमाले निकट राष्ट्रिय युवा संघ खोटाङ विभाजित भएको छ । बिहिबार हलेसीमा आयोजना गरिएको जिल्ला अधिबेसनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा युवा संघको छुट्टाछुट्टै समानान्तर कमिटि गठन भएको छ ।

    युवा संघका उपमहासचिव रमेश तिवारी अध्यक्ष रहेको अध्यक्ष मण्डलबाट रोशनको अध्यक्षतामा युवा संघको ५९ सदस्यीय जिल्ला कमिटि गठन गरेको सार्वजनिक भए लगत्तै शुक्रबार असन्तुष्ट पक्षले रसकुमारको अध्यक्षतामा युवा संघको समानान्तर कमिटि गठन गरेको हो ।

    बन्दसत्रमा सहमतीको प्रयास असफल भएपछि अध्यक्ष मण्डलले दिक्तेल पुगेर माले पार्टी कार्यालयबाट रोशनको नेतृत्वमा युवा संघ गठन भएको जानकारी दिएको थियो । रोशन नेतृत्वको युवा संघको उपाध्यक्षमा रामकृष्ण राई, सचिवमा सविन राई, उपसचिवमा लक्ष्मी गुरुङ, सुरेश राई र कोषाध्यक्षमा भैरब बस्नेत छन् ।

    यस्तै, रसकुमार नेतृत्वको युवा संघको उपाध्यक्षमा पुस्कल राई, सचिवमा बिरेन्द्र मगर, सह–सचिवमा जगत किराती, मनोज राई, समी थुलुङ तथा कोषाध्यक्षमा रमेश परियार चयन भएको जानकारी दिइएको छ ।

    रसकुमार नेतृत्वमा बनाइएको युवा संघको जिल्ला कमिटि सदस्यहरु अधिबेसनले टुंग्याए बमोजिम हुने विज्ञाप्तीमा उल्लेख छ । रसकुमार यसअघि पनि युवा संघको जिल्ला कमिटि अध्यक्ष थिए । रोशन नेतृत्वको टिमले आफुलाई आधिकारिक दावी गरिरहेको छ ।

    पार्टी नेतृत्वले प्रतिनिधिहरुको भावना विपरित बन्द कोठाबाट युवा संघको जिल्ला कमिटि घोषणा गरेको, संगठनमा योगदान गरेका व्यक्तिको अवमुल्यान गर्दै विधान विपरित दशैंको दक्षिणाजस्तो आफ्नो मान्छेलाई कमिटिमा राखेर घोषणा गरेको असन्तुष्ट पक्षको आरोप छ ।

    अध्यक्ष मण्डलका अध्यक्ष तिवारीले आकांक्षी धेरै भएकाले समस्या आएको तर तीन दिनभित्र दुबै पक्षलाई राखेर समस्या हल गर्ने बताए । जिल्ला अधिबेसन युवा संघका केन्द्रीय महासचिव क्षितिज थेवेले उद्घाटन गरेका थिए ।

    सम्बन्धित समाचार