बुधवार, फाल्गुण २४ २०७९
नेपाल वाइड
खोटाङ २४ फागुन । खोटाङमा प्रहरीले बालविवाह रोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २२ वर्षीय युवाबिच हुन लागेको विवाह रोकिएको हो ।
स्थानीय बाल क्लवले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो ।
अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी भइरहँदा मंगलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवाबीचमा विवाहको तयारी भएको थियो । बाल विवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाई बुझाई गरेपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताए ।