Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    रामकुमारी झाक्री फागुन २४ गते हलेसी आउदै

    रामकुमारी झाक्री फागुन २४ गते हलेसी आउदै


    • आइतवार, फाल्गुण २१ २०७९

    • नेपाल वाइड


    रामकुमारी झाक्री फागुन २४ गते हलेसी आउदै
    फायल तस्बिर ।

    खोटाङ, २१ फागुन । पुर्व-शहरी विकास मन्त्री रामकुमारी झाक्री खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजना गरिएको अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्न आउने भएकी छन् । हलेसी तुवाचुङ नगरपालिकाको निमन्त्रणामा नेतृ झाक्री आगामी फागुन २४ गतेका दिन मनाइने १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्न हलेसी आउने निश्चित भएको हो ।

    हलेसी तुवाचुङ नगरपालिकाले महादेवस्थान मन्दिर प्रांगणमा विविध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी गरेको छ । यसपल्ट ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ । दिवसलाई सम्बोधन गर्नका लागि झाँक्री सहित नेतृ लक्ष्मी खतिवडा र प्रेरक वक्ता सुमी मानवलाई पनि निमन्त्रणा गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् ।

    सम्बन्धित समाचार