Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    आग्रह–पुर्वाग्रहले जिल्लाको विकास हुँदैनः पासाङ

    आग्रह–पुर्वाग्रहले जिल्लाको विकास हुँदैनः पासाङ


    • शनिवार, फाल्गुण १३ २०७९

    • नेपाल वाइड


    आग्रह–पुर्वाग्रहले जिल्लाको विकास हुँदैनः पासाङ
    खोटाङ उद्योग बाणिज्य संघको २५ औं साधारणसभा तथा ११ औं जिल्ला अधिबेसनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य रामकुमार राई ।

    खोटाङ, १३ फागुन । खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले आग्रह–पुर्वाग्रहले जिल्लाको विकास नहुने बताएका छन् । खोटाङ उद्योग बाणिज्य संघको २५ औं साधारणसभा तथा ११ औं जिल्ला अधिबेसनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य राईले आग्रह–पुर्वाग्रह त्यागेर खोटाङ बनाउन लागि पर्न आग्रह गरे ।

    ‘आग्रह–पुर्वाग्रह राखियो भने विकास सम्भव छैन,’ प्रतिनिधिसभा सदस्य राईले भने, ‘खोटाङ बनाउन लागौं । खोटाङ अघि बढे मात्र हामी अघि बढ्न सक्छौँ ।’ प्रतिनिधिसभा सदस्य राईले वार्षिक २५ करोडको निर्यात हुँदा १५ अर्वको आयत हुनु जिल्लाका लागि राम्रो संकेत नभएको उल्लेख गरेका छन् । 

    सम्बन्धित समाचार