Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    डढेलोले घर जल्दा विस्थापित परिवारलाई राहत

    डढेलोले घर जल्दा विस्थापित परिवारलाई राहत


    • शुक्रवार, फाल्गुण ५ २०७९

    • नेपाल वाइड


    डढेलोले घर जल्दा विस्थापित परिवारलाई राहत
    घर जल्दा विस्थापित भएका पिडित परिवारलाई राहत प्रदान गर्दै खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका प्रतिनिधि ।

    खोटाङ, ५ फागुन । खोटाङमा डढेलोले घर जल्दा विस्थापित भएका पिडित परिवारलाई राहत प्रदान गरिएको छ । फागुन ३ गते सामुदायीक वनमा लागेको डढेलोको झिल्कोबाट घरमा आगलागी भएपछि विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका बक्तबहादुर बस्नेतको परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत प्रदान गरेको हो । अग्नी पिडित परिवारलाई राहत स्वरुप नगद १० हजार प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।

    अग्नी पिडितलाई भग्नावशेषमै पुगेर वडाका जनप्रतिनिधिको उपस्थितिमा कोषका प्रतिनिधि तामन राईले राहत हस्तान्तरण गरेका हुन् । आगलागीमा दुई वटा घर, एक वटा गुवाली, एउटा बाछी, एउटा १ वटा बाख्रा लगायत जल्दा बस्नेतको १० लाख बराबरको क्षती भएको थियो ।

    आगलागीमा घर र घरमा भएका सम्पत्ती जलेपछि बस्नेतको १३ जनाको परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । आगलागीमा बस्नेतको बालबच्चाको पुस्तक, कापी, पेशाक समेत जलेको थियो । स्थानीय आमकासुकसे सामुदायिक बनमा लागेको डढेलोको झिल्को हावाले उँडाएर छानामा ल्याएपछि घर जलेको थियो । 

    सम्बन्धित समाचार