बिहिवार, फाल्गुण ४ २०७९
नेपाल वाइड
खोटाङ, ४ फागुन । खोटाङमा डढेलोले एकै व्यक्तिको दुई घर जलेको छ । सामुदायीक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुई वटा घर र एउटा गुवाली जलेको हो । स्थानीय आमकासुकसे सामुदायिक बनमा लागेको डढेलो घर जल्दा बस्नेतको १० लाख बराबरको क्षती भएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
डढेलोको आगो हावाहुरीले उँडाएर छानामा पु¥याएपछि बुधबार साँझ घर जलेको हो । आगोले दुई घरमा भएको लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद एक लाख, चार तोला सुन, दुई तोला चाँदी, गुवालीमा राखिएको गाईको एउटा बाछी र एउटा १ वटा बाख्रा जलेको प्रहरीले जनाएको छ ।