शनिवार, माघ २८ २०७९
नेपाल वाइड
खोटाङ, २८ माघ । सडक दुर्घट्नामा ज्यान गुमाएका खोटाङका विद्यार्थी नेता मिलन राईको सम्झनामा दिप प्रज्वलन गरिएको छ । २०७३ माघ २५ गते भक्तपुरमा भएको मोटरबाईक दुर्घटनाका कारण ज्यान गुमाएका रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका बिद्यार्थी नेता राईको स्मृति दिवसमा दिप प्रज्वलन गरिएको हो ।
मिलन राई स्मृति प्रतिष्ठानको आयोजनामा शुक्रबार साँझ चिउरीबासस्थित उनको समाधिस्थलमा बनाइएको मिलन राई स्मृतिपार्कमा नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, रावाबेँसी गाउँपालिकाका पुर्वउपाध्यक्ष समला राई, वडाध्यक्ष बिरेन्द्र मगर, प्रतिष्ठानका अध्यक्ष पदम थुलुङ लगायतले दिप प्रज्वलन गर्दै सम्झना गरिएको हो । शुक्रबार अनेरास्ववियु खोटाङले पनि राईको छैठौं स्मृति दिवस मनाएको थियो ।
तत्कालिन अनेरास्वबियुका केन्द्रीय सदस्य एबं अनेरास्वबियुको खोटाङ र सोलुखूम्बु ईन्चार्जकोकारुपमा कार्यरत राईको सडक दुर्घटनामा परेको तीन दिनपछि ट्रमा सेन्टरमा उपचारकाक्रममा २०७३ माघ २७ गते मृत्यु भएको थियो ।
सांगठनिक कामको सिलसिलामा राजधानी काठ्माण्डौंबाट दिक्तेल आउनेक्रममा उनी मोटरबाईक दुर्घटनामा परेका थिए । भक्तपुरमा सडकको डिभाईडरमा बाईकसँगै ठोक्किएर गम्भीर घाईते भएपछि उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो । बिहान ४ बजेपछि हिँडेको केही समयपछि नै उनी दुर्घटनामा परेका थिए ।
सानो उमेरमै पार्टीभित्र कुशल संगठक, जुझारु र ईमान्दार व्यक्तीको परिचय बनाएका राईको राईको स्मृतिमा उनकै समाधिस्थलमा ‘मिलन राई स्मृतिपार्क’ बनाइसकिएको छ । स्मृतिपार्कमा राखिने राईको अर्धकदको प्रतिमा तयार भइसकेको छ ।
प्रतिमा अनावरण गर्न मात्र बाँकी रहेको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य खेमराज देउसालीले बताए । स्मृतिपार्क नजिकै प्रतिष्ठानको भवन पनि बनिसकेको छ । छोटो समयमा नै लोकप्रियता कमाउन सफल बिद्यार्थी नेता राईको बिकास सम्बन्धी सपना र योजनालाई पूरा गर्ने लक्ष्यका साथ उनकै दाई पदम थुलुङको अध्यक्षतामा ९ सदस्यीय प्रतिष्ठान स्थापना गरिएको थियो ।
प्रतिष्ठानले स्वर्गीय मिलन राई स्मृति अक्षय कोष स्थापनाका लागि अभियान सञ्चालन गरिरहेको छ । वार्षिकरुपमा आउने व्याजबाट जिल्लाका सामुदायीक विद्यालयबाट सबैभन्दा बढि अंक ल्याएर एसइई उत्तिर्ण गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने लक्ष्यका साथ अक्षयकोष स्थापनाको अवधारणा अघि सारिएको मिलन राई स्मृति प्रतिष्ठानका अध्यक्ष थुलुङले बताए ।