Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नुनथलामा उद्यमी व्यवसायीको भेला, उत्पादनमा आत्मनिर्भर बन्ने कार्ययोजना

    नुनथलामा उद्यमी व्यवसायीको भेला, उत्पादनमा आत्मनिर्भर बन्ने कार्ययोजना


    • शनिवार, माघ २१ २०७९

    • नेपाल वाइड


    नुनथलामा उद्यमी व्यवसायीको भेला, उत्पादनमा आत्मनिर्भर बन्ने कार्ययोजना
    नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति खोटाङको समन्वयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाका उद्यमी तथा व्यवसायीको नुनथलामा भएको भेला ।

    खोटाङ, २१ माघ । खोटाङका उद्यमी व्यवसायीले जिल्लालाई उत्पादनका हिसावले विकसित क्षेत्रका रुपमा विकास गर्नका लागि कार्ययोजना बनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति खोटाङको समन्वयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाका उद्यमी तथा व्यवसायीको शनिबार नुनथलामा भएको भेलाले २०८२ साल सम्ममा साना तथा घरेलु उद्योग, कृषि उत्पादन लगायतका माध्यमबाट जिल्लालाई आत्मनिर्भर जिल्लाको रुपमा स्थापित गर्ने कार्ययोजना बनाएको हो ।

    औधोगिक निती अनुसार तीन पालिकाका उद्यमी तथा व्यवसायीले संघीय, प्रदेश, स्थानीय सरकार, सरकारी र गैर–सरकारी संघसंस्थाहरुसँगको सहकार्यमा जिल्ला स्तरिय एक करिडोर स्थापना गर्ने र सञ्चालन गर्ने, जिल्लाका १० वटै स्थानीय तहमा एक एक वटा औधोगिक ग्राम स्थापना गरी सञ्चालन गर्ने, जिल्लाव्यापी रुपमा कृषि आधुनिकीकरणको कार्यान्वयनमा जोड दिने लगायतका योजनाका विषयमा छलफल गरेका छन् ।

    यस्तै, जिल्ला स्तरिय साझा तथा सामुदायीक उत्पादन, भण्डारण तथा प्रशोधनका कार्यक्रम सञ्चालन गर्ने, जिल्लामा एउटा कृषि बजार केन्द्र स्थापना सञ्चालन गर्ने योजना बनाइएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति खोटाङका अध्यक्ष रामबहादुर राईले बताए ।

    भेलामा औधोगिक जनशक्ती तयारीका लागि तालिम, प्रशिक्षण, अन्तरबहस, अध्ययन अवलोकनका कार्यक्रम सञ्चालन गर्ने, हरेक स्थानीय तहमा एक उत्पादन, भण्डारण, प्रशोधन कार्यक्रम सञ्चालन गर्न पहल गर्ने, जिल्लाको बजार क्षेत्रमा साझा तथा सामुदायीक विक्री केन्द्र सञ्चालन गर्न पहल गर्ने, जिल्लाका सबै वडामा कम्तीमा एक–एक स्थानमा सझा तथा सामुदायीक विक्री केन्द्र सञ्चालन गर्ने योजना तय गरिएको छ ।

    कार्यक्रममा हिमालय फलफुल प्रशोधन उद्योग, कुभिन्डेले फलफुलबाट उत्पादन गरेको स्क्वास, पेरी, जामजेली, सस लगायतका खाद्यवस्तुको ‘डेमो’ प्रदर्शन गरिएको थियो । उपस्थित उद्यमी व्यवसायीले उद्यमशिलताको विकासका क्रममा भोगेका समस्या र चुनौतीका विषयमा अनुभव आदान–प्रदान गरेका छन् । कार्यक्रमलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेश तामाङ, शैक्षिक अभियान्ता सुर्यबहादुर राई लगायतले उद्यमशिलता विकासको विषयमा धारणा राखेका थिए ।

    सम्बन्धित समाचार