शनिवार, माघ २१ २०७९
नेपाल वाइड
खोटाङ, २१ माघ । खोटाङमा भिरबाट लडेर वृद्धको मृत्यु भएको छ । घर नजिकैको भिरबाट लडेर रावाबेँसी गाउँपालिका–४ डुम्रेधरापानी आहालेका ६४ वर्षीय बिर्खबहादुर गुरुङको मृत्यु भएको हो । शुक्रबार साँझ हिँडिरहेका बेला भिरबाट दुई सयमिटर तल खसेर गम्भीर घाईते भएका गुरुङको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिक्तेल लैजानेक्रममा रावाबेँसी गाउँपालिका–१ कुभिन्डे वडा कार्यालय नजिकै पुगेपछि गुरुङको मृत्यु भएको स्थानीयले बताएका छन् । शुक्रबार राती प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क लगिएको शव शनिबार बिहान पोष्टमार्टमपछि आफन्तलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनुकुमार कार्कीले बताए ।