Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    आत्मदहन गरेका प्रेमप्रसाद आचार्यको सम्झनामा खोटाङमा प्रदर्शन

    आत्मदहन गरेका प्रेमप्रसाद आचार्यको सम्झनामा खोटाङमा प्रदर्शन


    • आइतवार, माघ १५ २०७९

    • नेपाल वाइड


    आत्मदहन गरेका प्रेमप्रसाद आचार्यको सम्झनामा खोटाङमा प्रदर्शन
    प्रेमप्रसाद आचार्य र आत्महत्या गरेका सप्तरीका रामदेव मरिकको सम्झना र सम्मानमा खोटाङमा शान्तिपूर्ण प्रदर्शन ।

    खोटाङ, १५ माघ । संसद भवन नजिकै आत्मदहनको प्रयासका क्रममा ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्य र आत्महत्या गरेका सप्तरीका रामदेव मरिकको सम्झना र सम्मानमा खोटाङमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।

    वर्तमान राज्यको गलत व्यवस्थाको कारण आचार्य र मरिकलाई आत्महत्या गर्न वाध्य पारिएको भन्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एबं उद्यमी युवाहरुले आइतबार दिक्तेलबजारमा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

    स्वतन्त्र खोटाङ्गे प्रगतिशील एबं उद्यमी युवाहरुले दिक्तेलको किरातचोक रत्नपार्कदेखि त्रिबेणीचोक हुँदै भवनगैरासम्म प्रदर्शन गरेका छन् । देशलाई बस्न लायक, आत्मनिर्भर र उत्पालनशिल बनाउँदै ‘स्वदेशमै केही गर्छु’ भन्ने युवाका लागि अनुकुल वातावरण निर्माणको मागमा प्रदर्शन गरिएको प्रदर्शनको नेतृत्व गरेका पारस बिराटले बताए ।

    “नेपाली समाजमा प्रेमप्रसाद र रामदेवजस्ता कैयौं पात्रहरु छन् भन्ने हेक्का राज्यलाई छ कि छैन ? एउटा युवा देशको विधायीका निर्माण गर्ने ठाउँमा नागरिक जल्दैगर्दा यो व्यवस्थालाई किन पोल्दैन ? स्वरोजगार, स्ववलम्बी र आर्थिक विकासमा सरकारले पहल गर्नु पर्दैन ?,” उनले भने, “समग्र युवालाई रोजगारीको सुनिश्चितता होस् । युवा पंक्तीको पलायन मानसिकता अन्त्या गरी सरकारले आफ्नो कार्यसम्पादन गरोस् भन्ने अपेक्षा छ ।”

    स्वतन्त्र खोटाङ्गे प्रगतिशील एबं उद्यमी युवाको शान्तिपूर्ण प्रदर्शन जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर कोणसभा गर्दै टुंग्याइएको थियो । कोणसभाका क्रममा आचार्य र मरिकको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको थियो ।

    यसैबीच, प्रेमप्रसाद आचार्यको २५ बुँदे माग कार्यान्वयनको माग गर्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एबं उद्यमी युवाले सरकारलाई ज्ञापन–पत्र पठाएका छन् । शान्तिपूर्ण प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समक्ष ज्ञापन–पत्र पठाउँदै उनीहरुले देशलाई बस्न लायक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    1.jpg

    4.jpg

    3.jpg

    प्रेमप्रसाद आचार्य र आत्महत्या गरेका सप्तरीका रामदेव मरिकको सम्झना र सम्मानमा खोटाङमा शान्तिपूर्ण प्रदर्शनका तस्बिरहरु ।

    सम्बन्धित समाचार