Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सरकारी जागिरे बनेको खुसीयालीमा अशक्तलाई ज्याकेट वितरण

    सरकारी जागिरे बनेको खुसीयालीमा अशक्तलाई ज्याकेट वितरण


    • मंगलवार, माघ ३ २०७९

    • प्रेम श्रेष्ठ


    सरकारी जागिरे बनेको खुसीयालीमा अशक्तलाई ज्याकेट वितरण
    सरकारी जागिरे बनेको खुसीयालीमा अशक्तलाई ज्याकेट वितरणपछि हरि खड्कालगायत ।

    खोटाङ, ३ माघ । निजामती सेवामा प्रवेश गरेको खुसीयालीमा अधिकांश सरकारी जागिरेले आफन्त र साथीभाई भेला गरेर भोज गर्छन्, पाटी दिन्छन् । र सामाजिक सञ्जालमा तस्बीरहरु पोष्ट गर्छन् । तर सरकारी जागिरमा प्रवेश गरेका खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरका हरि खड्काले भने पाटीमा हुने खर्चलाई असहाय र पूर्ण अपांगता भएका स्थानीयलाई ज्याकेट बाँडेका छन् ।

    लोकसेवा आयोग बागमती प्रदेशले लिएको लिखित र मौखिक परिक्षामा गत पुस २३ गते अहेवमा नाम निकालेका खड्काले गाउँका साहरा विहिन, अशक्त र पूर्ण अपांगता भएका गरी १५ जनालाई न्यानो कपडा बाँडेर खुसीयाली मनाएका हुन् । उनले कतिपय अशक्तलाई घरैमा पुगेर तथा कतिपयलाई वडा कार्यालयमा बोलाएर ज्याकेट प्रदान गरेका हुन् ।

    स्थायी जागिरे बनेका खड्का चौरीदेउराली गाउँपालिका काभ्रेपलाञ्चोकमा सिफारिस भएका छन् । ‘सफलता हासिल गर्दैगर्दा खुसीयालीमा भोजभतेर र पाटी गर्ने प्रचलन छ,’ खड्काले भने, ‘पाटी र भोज गर्ने खर्चले गरिव–दुःखीलाई केही राहत हुन्छ भन्ने हेतुको कपडा बाँडे खुसीयाली मनाएको हुँ ।’

    jacket for old loksewa (1).jpg

    सरकारी जागिरे बनेको खुसीयालीमा अशक्तलाई ज्याकेट वितरण हरि खड्का ।

    सम्बन्धित समाचार