शनिवार, पौष २३ २०७९
नेपाल वाइड
खोटाङ, २३ पुस । खोटाङको खोटेहाङ गाउँपालिकाले युवा प्रतिभाहरुको खोजी र प्रोत्साहन कार्यक्रम गरेको छ । राष्ट्रिय युवा परिषदको युवा प्रतिभाहरुको खोजी र प्रोत्साहन कार्यक्रम अन्तरगत गाउँपालिकाले युवा प्रतिभा पहिचान प्रतियोगीतात्मक कार्यक्रम आयोजना गरेको हो ।
जिल्लाका १६ वर्षदेखि ४० वर्ष उमेरका युवालाई सहभागी गराइएको युवा प्रतिभाहरुको खोजी कार्यक्रममा खोटेहाङ गाउँपालिकाका रुपेश फुयाँल प्रथम, ऐसेलुखर्क गाउँपालिकाकी कविता वन दोश्रो र खोटेहाङ गाउँपालिकाका रोहित राई तेश्रो भएका छन् ।
कार्यक्रममा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई क्रमशः १० हजार, सात हजार र चार हजारका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ । विजेतालाई गाउँपालिका अध्यक्ष उदिम राई र उपाध्यक्ष रुपेश राईले पुरस्कार प्रदान गरेका छन् ।
युवालाई सवल, प्रतिष्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अंगमा सार्थक सहभागीता सुनिश्चित गरी देशलाई आधुनिक, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने युथ भिजन अनुसार युवा प्रतिभाहरुको खोजी र प्रोत्साहन कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।