Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ज्येष्ठ नागरिकलाई फाइवर सिरक

    ज्येष्ठ नागरिकलाई फाइवर सिरक


    • बुधवार, पौष २० २०७९

    • नेपाल वाइड


    ज्येष्ठ नागरिकलाई फाइवर सिरक
    माथिका ज्येष्ठ नागरिकलाई फाइवर सिरक प्रदान गर्नुहुदै उपमेयर विसन राई ।

    खोटाङ, २० पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फाइवर सिरक प्रदान गरेको छ । उपमेयरसँग महिला कार्यक्रम अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ५० जना ज्येष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको हो । जाडो मौसममा ओढ्ने न्यानो कपडाको प्रवन्धका लागि ८२ वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख इरन राईले बताउनुभयो ।

    फाइबरको सिरक पाउँदा बृद्धबृद्धा हर्षित भएका छन् । नगरपालिकाले फाइबर बाँडने भएपछि वृद्धवृद्धा लठ्ठी टेक्दै वडा कार्यालय लफ्याङमा आइपुगेका थिए । कार्यक्रम स्थलमा आफै उपस्थित हुन नसकेका वृद्धबृद्धालाई आफन्तमार्फत फाइबर उपठाइएको लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले बताउनुभयो ।

    ज्येष्ठ नागरिकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, लफ्याङका वडाध्यक्ष घिमिरे लगायतले फाइबर सिरक हस्तान्तरण गरेका थिए ।

    सम्बन्धित समाचार