Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पाँच वर्ष वित्दा पनि देबी बिकको हत्यारा गुमनाम, परिवार पुगे गाउँपालिका

    पाँच वर्ष वित्दा पनि देबी बिकको हत्यारा गुमनाम, परिवार पुगे गाउँपालिका


    • सोमवार, पौष १८ २०७९

    • नेपाल वाइड


    पाँच वर्ष वित्दा पनि देबी बिकको हत्यारा गुमनाम, परिवार पुगे गाउँपालिका
    देवी बिकको हत्यारा पत्त्ता लगाउन जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेबी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई ज्ञापन–पत्र बुझाउँदै ससुरा पृथीमान बिक ।

    खोटाङ, १८ पुस । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीय देबी बिकको हत्यारा पत्ता लगाउन माग गर्दै परिवारले स्थानीय सरकारलाई गुहारेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा बाटैमा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएकी देबीको हत्यारा पत्ता लगाएर कानूनी कारबाहीका लागि परिवारले स्थानीय सरकार समक्ष गुहार मागेका हुन् ।

    सोमबार जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेबी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई ज्ञापन–पत्र बुझाउँदै ससुरा पृथीमान बिक, श्रीमान मानबहादुर बिक, छोरा योगेश बिक र छोरी सुजता बिकले चाँडोभन्दा चाँडो देबीको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् ।

    प्रहरीको अनुसन्धानबाट हालसम्म दोषी पत्ता नलागेकाले स्थानीय सरकारलाई गुहार्नु परेको श्रीमान पृथीमानले बताएका छन् । माईतीबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।

    उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगग बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको हो । तर, प्रहरीले हालसम्म ‘घट्नामा कसको संलग्नता थियो, घट्नाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै बाहिर ल्याउन नसकेपछि पिडित परिवार गाउँपालिका पुगेका हुन् ।

    २०७३ माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्यारा समेत हालसम्म गुमनाम छ ।

    छ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति पनि उस्तै–उस्तै देखिन्छ । तर, तीन जना महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन । जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पिडित परिवार त्रसित छन् ।

    सम्बन्धित समाचार