Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    चखेवाभञ्ज्याङ–सेखुवा सडकको ठेक्का तोड्न सिफारिस

    चखेवाभञ्ज्याङ–सेखुवा सडकको ठेक्का तोड्न सिफारिस


    • शुक्रवार, पौष १५ २०७९

    • नेपाल वाइड


    चखेवाभञ्ज्याङ–सेखुवा सडकको ठेक्का तोड्न सिफारिस
    वर्षातको समयमा मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्डको हिलाम्मे सडक । तस्बीरः नेपालवाईड डटकम

    खोटाङ, १५ पुस । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको ठेक्का तोड्ने तयारी गरिएको छ ।

    निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभी, काठ्माण्डौंको ढिलासुस्तीका कारण अलपत्र पारेको सडक कालोपत्रेको ठेक्का तोड्ने प्रकृया थालिएको हो ।

    ठेकेदारले कालोपत्रेको काम पुरा गर्ने छाँट नदेखाएका कारण ठेक्का तोड्नका लागि सडक विभाग समक्ष सिफारिस गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय, धुलीखेलका प्रमुख सिनियर डिभिजन इन्जिनियर दिपेन्द्र पाण्डेयले बताउनुभयो ।

    सम्झौता अनुसार कालोपत्रेको प्रगती नभएपछि ‘ठेक्का किन नतोड्ने’ भनेर दोश्रोपल्ट सूचना निकालेको कार्यालयले सार्वजनिक खरिद सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का तोड्न सिफारिस गरेको हो ।

    कालोपत्रेको काममा चरम ढिलासुस्ती भएपछि कार्यालयले २०७७ मंसिर १९ गतेको पनि ‘ठेक्का किन नतोड्ने सम्वन्धी अत्यान्त जरुरी सूचना’ प्रकाशन गरेको थियो । निर्माण कम्पनीले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो ।

    यस्तै, चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डकै पंखु खोलाको मोटरेबल पुलको पनि ठेक्का सम्झौता तोड्ने प्रकृयामा लगिएको छ । सम्झौता म्याद नाघेको झण्डै चार वर्ष बित्दा पनि ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पुलको काम नगरेपछि ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरिएको सिनियर डिभिजन इन्जिनियर पाण्डेयले बताउनुभयो ।

    सम्बन्धित समाचार