Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङका तीन वडा सचिव विरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर

    खोटाङका तीन वडा सचिव विरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर


    • सोमवार, पौष ११ २०७९

    • नेपाल वाइड


    खोटाङका तीन वडा सचिव विरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर
    फायल तस्बिर

    खोटाङ, ११ पुस । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीन वडासचिव विरुद्ध आरोप–पत्र दायर गरेको छ ।

    सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको दावी सहित परेको उजुरीका आधारमा अख्तियारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तत्कालिन वडा सचिव मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठ विरुद्ध कसुर सजाय र विगो असुलउपरको माग दावी सहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

    तीन जना विरुद्ध २०७४/०७५ र २०७५/०७६ मा सामाजिक सुरक्षाभत्ता वितरणमा दोहोरो पर्नेगरी, मानिस नै नभएको, मृत्यु भइसकेको, अभिलेख नै नभएको तथा बसाईसराई गरी अन्यत्र गएका व्यक्तिको समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई बनाएर हिनामिना गरेको उजुरी परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार