Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ज्येष्ठ नागरिक दिवसमा संगिनी र श्लोक

    ज्येष्ठ नागरिक दिवसमा संगिनी र श्लोक


    • सोमवार, पौष ११ २०७९

    • नेपाल वाइड


    ज्येष्ठ नागरिक दिवसमा संगिनी र श्लोक
    जेष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुले दिक्तेलबजारमा निकालेको र्‍याली ।

    खोटाङ, ११ पुस । ज्येष्ठ नागरिक दिवसको अवसरमा खोटाङमा संगिनी नाच प्रदर्शन गरिएको छ । दोश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार ज्येष्ठ नागरिकले दिक्तेलमा संगिनी नाच प्रदर्शन गरेका हुन् ।

    दिवसको अवसरमा दिक्तेलबजारमा र्‍याली निकालेपछि मन्दीरडाँडामा संगिनी नाच प्रदर्शन गरिएको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

    संगिनी नाचका लागि ज्येष्ठ नागरिक संघले दिक्तेलका रेजिना आचार्य, मुन आचार्य, रचना रिजाल, लक्ष्मी आचार्य, रोचना आचार्य, मैयाँ आचार्य र राधिका आचार्यको टोलीलाई बोलाएको थियो ।

    कार्यक्रममा टंकप्रसाद आचार्य र खड्गप्रसाद बस्नेतले श्लोक सुनाएका थिए । दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, दिक्तेलका ज्येष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो ।

    day of old_khotang (3).jpg

    जेष्ठ नागरिक दिवसको अवसरमा उपश्थित जेष्ठ नागरिकहरु ।

    day of old_khotang (1).jpg

    ज्येष्ठ नागरिक दिवसको अवसरमा प्रदर्शन गरिएको संगिनी नाच ।

    सम्बन्धित समाचार