Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    फोक्सिङटार–सिमपानी सडकको ठेक्का तोडियो

    फोक्सिङटार–सिमपानी सडकको ठेक्का तोडियो


    • शुक्रवार, पौष ८ २०७९

    • नेपाल वाइड


    फोक्सिङटार–सिमपानी सडकको ठेक्का तोडियो
    फायल तस्बिर : फोक्सिङटार–सिमपानी सडक ।

    खोटाङ, ८ पुस । ठेकेदारले खरिद सम्झौता अनुसार काम नगरेका कारण गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगतका दुई प्याकेजको ठेक्का तोडिएको छ ।

    ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा सडक कालोत्रेको काम वर्षौं अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का अन्त्या गरेको हो ।

    ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएकाले दुई प्याकेजको ठेक्का तोडिएको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेले बताए ।

    देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ५५ करोड ८७ लाखमा २०७७ साउन १० भित्र कालोपत्रे पूरा गर्ने शर्तमा २०७३ साउन ११ गते फोक्सिङटार–सिमपानी (राजापानी) सडकको खरिद सम्झौता गरेको थियो ।

    तर बीचैमा काम छोडेर ठेक्काको म्याद २०७८ चैत ३० गते समाप्त हुँदासम्म पनि सम्झौता बमोजिम कार्य सम्पादन गर्न चासो नदेखाएको कार्यालयले जनाएको छ ।

    यस्तै, मैनाचुली/सिद्धिसाई प्रकाश जेभीले २०७५ भदौ १४ गते अँधेरी खोला–फोक्सिङटार सडक खण्ड कालोपत्रेको खरिद सम्झौता गरेको थियो । तर ठेक्काको म्याद २०७८ चैत २८ गते समाप्त हुँदासम्ममा पनि काम अलपत्र पारेको खकुरेलले बताए ।

    सम्बन्धित समाचार