बिहिवार, पौष ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ पुस । खोटाङमा सुत्केरी उद्धारका लागि आएको हेलीकोप्टरको हावाले बाईक पल्टाउँदा भाइजरमा क्षती पुगेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलीकोप्टर बिहिबार दिक्तेलको हेलीप्याडमा ल्याण्ड गर्नेक्रममा प्रदेश १–०५–००प १५२९ नम्बरको बाईकलाई डिलमुनि खसाएको हो । हेलीप्याडको डिलबाट करिब १५ मिटर तल रहेको सडकमा खसेको बाईकको भाईजर लगायतका भाग फुटेको छ ।
हेलीप्याडको डिलमा पार्किङ गरेर राखिएको चार/पाँच वटा बाईकमध्ये एउटा बाईकलाई हेलीकोप्टर ल्याण्ड गर्नेक्रममा हावाले पल्टाएर डिलमुनि खसाएको थियो ।
सुत्केरी भएपछि रक्तश्रावको समस्या देखिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षिया इन्द्रकला राईलाई लिनका लागि दिक्तेलमा हेलीकोप्टर आएको थियो । नगरपालिकाले हेलीप्याडसम्म पुग्ने सडक खोलेपछि हेलीप्याडमा बाईक पार्किङ गर्न थालिएको छ ।