Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बाक्सिला बजारका अग्नी पिडितलाई रेडक्रसको राहत

    बाक्सिला बजारका अग्नी पिडितलाई रेडक्रसको राहत


    • मंगलवार, पौष ५ २०७९

    • नेपाल वाइड


    बाक्सिला बजारका अग्नी पिडितलाई रेडक्रसको राहत
    अग्नी पिडितकाका लागि प्रदान गर्न नेपाल रेडक्रस सोसाईटीले बाक्सिला पुर्याएको बन्दोवस्तीका सामान ।

    खोटाङ, ५ पुस । नेपाल रेडक्रस सोसाईटीले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नी पिडितलाई राहत प्रदान गरेको छ । सोमबार साँझ (५ पुस) भएको आगलागीबाट विस्थापित भएका तथा क्षती बेहोरेका नौ परिवारलाई रेडक्रस जिल्ला शाखा तथा उपशाखा बाक्सिलाले बन्दोवस्तीका सामान प्रदान गरेको हो ।

    आगलागीमा घर सहित सर्वस्व गुमाएका दिपक गुरुङ, गुरुङकै घरमा कोठामा भाडामा बस्ने रत्न गुरुङ, शुभराज राईको घर भाडामा लिएर व्यवसाय गरिरहेका समिर राई (गाउँपालिका अध्यक्ष), सोही घरमा भाडामा व्यवसाय गरिरेकी इन्द्रकला राई, घर सहित सर्वस्व गुमाएका डिल्लीकुमार श्रेष्ठ, श्रेष्ठकै छोरा पवन श्रेष्ठ, घर सहित सर्वस्व गुमाएका रमेश परियार, परियारकै घरमा बस्ने शंकर वर्देवा र घर सहित धन सम्पत्ती गुमाएका अकबर राईलाई रेडक्रसले बन्दोवस्तीका सामान प्रदान गरेको हो ।

    अग्नी पिडितलाई छुट्टाछुट्टै एक थान त्रिपाल, दुई थान कम्वल, एक थान म्याट्रेस, एक सेट भाँडा, ३.५ मिटर सर्ट कपडा, एक थान साडी, सात मिटर प्रिन्ट कपडा, दुई मिटर सादा कपडा, चार मिटर सटकपडा र एक सेट बकेट प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताए ।

    रेडक्रस उपशाखा बाक्सिलाले अग्नी पिडितलाई एक/एक थान सिरक प्रदान गरेको छ । रेडक्रसकातर्फबाट उपलव्ध गराइएका राहत गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, गाउँपालिका उपाध्यक्ष गुरुराज राईले हस्तान्तरण गरेका थिए । बाक्सिला बजारमा भएको आगलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षती भएको छ ।

    सम्बन्धित समाचार