Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ऐसेलुखर्कबजार ढलानको ठेक्का लिएका ठेकेदार सम्पर्क विहिन

    ऐसेलुखर्कबजार ढलानको ठेक्का लिएका ठेकेदार सम्पर्क विहिन


    • बिहिवार, मंसिर २९ २०७९

    • नेपाल वाइड


    ऐसेलुखर्कबजार ढलानको ठेक्का लिएका ठेकेदार सम्पर्क विहिन
    ऐसेलुखर्क बजारमा ढलानका लागि तयार पारिएको सोलिङ र ड्रेन । तस्बीरहरुः नेपालवाईड डटकम

    खोटाङ, २९ मंसिर । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्क विहिन बनेको छ । १६ असार २०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको कार्यदेश पाएको निर्माण कम्पनी केपी कन्ट्रक्सन बिरेन्द्रनगर, सुर्खेत सम्पर्कविहिन बनेको हो । करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको हो ।

    सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको भ्याट सहित २३ लाख ९५ हजार ८१३ रुपैयाँमा केपी कन्ट्रक्सनले रोड र ड्रेनको अपग्रेडेसन तथा इम्प्रोभमेन्टको ठेक्का लिएको थियो ।

    केपी कन्ट्रक्सनले २७ फागुन २०७८ मा आरसिसि ढलानको ठेक्का सम्झौता गरेको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताए । माटो, सडक सोलिङ र ड्रेनको काम सकेपछि निर्माण व्यवसायीले बाँकी काम अलपत्र छाडेको हो ।

    सडकमा रड राखेर ढलान गर्न मात्र बाँकी छ । तर निर्माण कम्पनीले हालसम्म कुनै पनि भुक्तानी नलिएको इन्जिनियर मण्डलले बताए । निर्माण व्यवसायीले निर्माणस्थलमा रड, गिटी बालुवा लगायतका निर्माण सामग्री ल्याइसकेका छन् ।

    निर्माणस्थलमा ल्याइएका सिमेन्ट बिग्रिसकेका छन् । ढलानमा ढिलासुस्ती हुँदा सम्पन्न भइसकेको काम समेत भत्किन थालिसकेको छ । ऐसेलुखर्क बजार प्रवेश गर्ने ठाउँबाट बजार ढलानको काम सुरु गरिएको थियो ।

    निर्माण व्यवसायीलाई पटक–पटक सम्पर्क गर्दा पनि ढाँट्ने गरेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । निर्माण व्यवसायीलाई सम्पर्क गरेर सोधखोज गर्दा भाका राख्ने तर भनेको समयमा नआउने गरेको पालिकाबासीको गुनासो छ । करिब छ/सात महिनापछि सम्पर्कमा आएका निर्माण व्यवसायीले पुःन केही हप्तापछि काम सुचारु गराउने भनेको इन्जिनियर मण्डलले बताए ।

    rcc dhalan at aiselukharka-khotang (2).JPG

    ऐसेलुखर्क बजारमा ढलानका लागि तयार पारिएको सोलिङ र ड्रेन ।

    सम्बन्धित समाचार